Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलिचत्र ‘हामी तीन भाइ’ पुन: निर्माण हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २९ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । चलचित्र ‘हामी तीन भाइ’ पुन: निर्माण हुने भएको छ ।

डेढ दशक अगाडी निर्माण भएको चलचित्र ‘हामी तीन भाइ’ को अहिले पुन निर्माण हुन लागेको हो ।मधुसूदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रमा कुशल विष्ट, बिनोद न्यौपाने, जानवी बस्नेत, रबिन्द्र झा, राजाराम पौडेल लगायतका कलाकार अनुबन्धित भएका छन् । अन्य केही कलाकारहरू छनोट भने हुन बाँकी नै छ ।

प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा साजित महतले निर्माण गर्ने छन् । चलचित्रका कार्यकारी निर्मातामा विक्रम तामाङ रहेका छन् । चलचित्रको छायाँकन चित्लाङमा साउन १० गतेबाट सुरु हुने भएकाे छ ।

चलचित्रको पहिलो भागको लेखन तथा निर्देशन शिव रेग्मीले गरेका थिए । यस चलचित्रमा राजेश हमाल, निखिल उप्रेति , श्रीकृष्ण श्रेष्ठ, रेखा थापा, झरना थापाको अभिनय रहेको थियो । यो चलचित्र त्यतिबेला सुपरहिट सावित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४