Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संविधानमा लेखिए पनि स्वास्थ्यको मौलिक हकबाट जनता वञ्चित छन् : स्वास्थ्यमन्त्री बस्नेत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २८ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानमा सबै जनताले स्वास्थ्य उपचार पाउने मौलिक हक लेखिए पनि जनता त्यसबाट वञ्चित भएको बताएका छन् ।

राष्ट्रिय सभामा उठेका प्रश्नहरुको आज जवाफ दिने क्रममा मन्त्री बस्नेतले सो कुरा बताएका हुन् । ‘संविधानमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने, यो जनताको नैसर्गिक अधिकार हो, मौलिक हक हामीले कायम गरेका छौं । तर मैले अब नढाँटिकन भन्नुपर्छ जे भनिएको छ, त्यस्तो हुन सकिरहेको छैन,’ मन्त्री बस्नेतले बताए ।

लगानी भएका तर नतिजा नदेखिएका स्थानको बजेट कटौती गरेर भने आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने ढंगले अघि बढेको जानकारी उनले दिए ।

‘जुन-जुन ठाउँमा लगानी गरेको अलिकति रिजल्ट देखिएको छैन, त्यो ठाउँमा कटौती गरेर भए पनि आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने विषयमा स्वास्थ्य मन्त्रालय, माननीयज्यूहरु सबैको साथ सहयोगको कारणले पनि हामी प्रभावकारी ढंगबाट अगाडि बढेका छौं,’ उनले भने ।

आफूले मन्त्रालय सम्हाल्ने बेला राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयको बजेट ४० प्रतिशत कटौती गरेर ८३ अर्ब ९९ करोड सिलिङ तोके पनि जोडबल गरेर अर्थ मन्त्रालयबाट १० अर्ब ११ करोड थप्न सफल भएको जानकारी उनले बताए ।
थिती बसाल्न र आर्थिक अनुशासन कायम गर्न कोसिस गरिरहेको मन्त्री बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४