काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ भक्तपुर जिल्ला कार्यसमितिको । आठौ साधारण सभा तथा चौथो जिल्ला अधिबेशन माननीय दुर्लभ थापाज्युको प्रमुख आतिथ्यमा र राष्ट्रिय संगीतकर्मी संघ भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष भुवन दुलालको सभापतित्वमा भब्य अनि सब्य रुपमा सम्पन्न भयो, उक्त अधिबेशनबाट सिम्रन दुलालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्बत निर्बाचित भएको छ ।
राष्ट्रिय संगितकर्मी संघ भक्तपुरको चाैथाे अधिवेशनबाट प्रतिभाशाली कलाकार तथा माेडल सिम्रन दुलाल (कुसुम) अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।
शनिबार भएको अधिवेसनबाट दुलाल अध्यक्ष पदमा निर्वाचि हुनु भएको हो। वरिष्ठ उपाध्यक्ष ललिता भुजेल,महिला उपाध्यक्षमा मिनाश्री लुङ्गेली मगर,लक्ष्मी ढकाल,सोनु सिङ ठकुरी रहनु भएको छ। यस्तै सचिवमा कल्पदिप खड्का,सह-सचिव आसिका खाती, कोषाध्यक्ष लक्ष्मी उपाध्याय रहनु भएको छ । सदस्यहरुमा कुमार सिवा, कृष्ण हरि अधिकारी, रन्जना भुजेल चयन हुनुभएको छ।
अध्यक्ष सिम्रन दुलाल (कुसुम) सहित निर्वाचित सम्पूर्ण टिमलाई हाम्रो जन प्रहार डटकमको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।




