Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साढे तीन वर्षपछि नेपालको पुरुष बास्केटबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २७ २०८०
  • 2K
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीले माल्दिभ्समा हुने ‘फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप’ खेल्ने भएको छ ।

नेपालको पुरुष टोलीले तीन वर्षभन्दा बढी समयपछि अन्तर्राष्ट्रिय बास्केटबल खेल्न लागेको हो ।

पछिल्लो पटक नेपालले २०१९ डिसेम्बरमा नेपालमै भएको १३औं साग खेलेको थियो ।जहाँ पुरुष टिमले कास्य पदक जितेको थियो ।२०२१ मा बंगलादेशमा भएको साबा पुरुष बास्केटबलमा नेपालले सहभागिता जनाएन ।

यही जुन १४ देखि जुन २२ तारिखसम्म माल्दिभ्समा हुन लागेको फाईभ नेसन्स प्रतियोगितामा नेपालले सहभागिता जनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराएका छन् ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहने बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् ।

प्रतियोगिताका लागि नेपाली टोली पनि घोषणा भएको छ । टोलीका खेलाडीहरुमा सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह रहेका छन् ।

प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् । टोली सोमबार माल्दिभ्स प्रस्थान गर्दैछ ।

प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसहित नेपालले मुख्य प्रशिक्षक दिनेश नकर्मीको प्रशिक्षणमा एक महिना प्रशिक्षण गरेको नेपाल बास्केटबल संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४