Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहालद्वारा भारतको प्रसिद्ध महाकालेश्वर मन्दिरमा एक सय आठ किलो रुद्राक्ष चढाएर पूजा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १९ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । चार दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार मध्यप्रदेश जानुभएको छ ।

दाहाल शुक्रबार बिहान ११ बजे मध्ये प्रदेशको उज्जैन पुग्नुभएको हो । प्रधानमन्त्री दाहालले त्यहाँस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गर्नुभएको छ । दाहालले मध्यान्ह १२ बजेको समय पारेर मन्दिरमा पूजा समेत गर्नुभएको छ भने एक सय आठ किलोको रुद्राक्षको माला पनि चढाउनु भएको छ । दाहालले काठमाडौंबाटै चार वटा सुटकेसमा रुद्राक्षका माला लानुभएको थियो ।

सनातन धर्ममा महाकालेश्वर ज्योतिर्लिङ्गको पूजालाई निकै महत्वपूर्ण मानिन्छ । नेपालका प्रधानमन्त्रीको दर्शन तथा पूजाका कारण उक्त मन्दिरमा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म सर्वसाधारण भक्तजनलाई प्रवेश निषेध गरिएको हो ।

उज्जैन पुग्दा मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले प्रधानमन्त्री दाहाललाई स्वागत गर्नुभएको थियो । महाकालेश्वरमा पूजा सकेपछि प्रधानमन्त्री दाहाल मध्य प्रदेशको इन्दौर जाँदै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४