Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १८ २०८०
  • 3.2K
    SHARES

गण्डकी ब्युरो । पोखरामा बुधबारबाट खेल पत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकील आयोजना गरेको तालिमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले पोखरामा क्रिकेट रंगशाला निर्माण गर्नेदेखि प्रदेशमा गर्ने केही कार्यक्रमको बारेमा उनले बेलिविस्तार लगाइन् । मन्त्रालय सम्हालेको बल्ल १६ दिनमात्र भएकोले कतिपय कुराको बारेमा जानकारी लिनेक्रममानै रहेको उनको भनाई थियो । नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम गरेकोमा खुशी व्यक्त गर्दै पत्रकारको क्षमता अभिविृद्धि गर्ने खालका कार्यक्रममा आफ्नोतर्फबाट सहयोग रहने बताइन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नविन लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, मञ्चका उपाध्यक्ष एवं तालिम संयोजक सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले पत्रकारिता क्षेत्रका विविध विषयमा बोलेका थिए ।

गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको तालिम जेठ १९ गतेसम्म सञ्चालन हुने मञ्चले जनाएको छ । तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा रहेर खेलकुदको बिटमा अगाडि बढ्न इच्छुक पत्रकारको समेत सहभागिता रहेको छ । प्रदेश खेलकुद परिषद गण्डकी विशेष सहयोगमा आयोजना भएको तालिमको पहिलो दिन भलिवल खेलको बारेमा पूर्व राष्ट्रिय भलिवल खेलाडी लेखनाथ लम्सालले सहजीकरण गरें । कास्की जिल्ला भलिवल संघका उपाध्यक्ष रहेका लम्साल गण्डकी विश्वविद्यालयमा व्याचलर डिग्री स्पोटर््स मेनेजमेन्ट कोर्ष अध्यनरत रहेका छन् । उनले भलिवल खेलको बारेमा जानकारी दिँदै रिपोटिङका क्रममा अपनाउनुपर्ने सावधानीका बारेमा औल्याए ।

तालिमको प्रमुख प्रशिक्षक रहेका आइसिसिका एम्पायर दुर्गा नाथ सुवेदी देवेन्द्रदले बिहिबार क्रिकेट खेलको रिपोटिङको बारेमा सहजिकरण गर्नेछन् । नेपाल टेलिभिजनको समाचार प्रमुख रहेका सुवेदी नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष समेत हुन् । उनले क्रिकेटका अलावा समग्र खेल पत्रकारिता गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा अवगत गराउनेछन् । दोस्रो दिनमा नै टेनिसका भेट्रान खेलाडी तथा टेनिस प्रतियोगिताका निर्देशक राजन पौडेलले टेनिस खेलसँग सम्बन्धीत विषयमा सहजीकरण गर्नेछन् ।
तालिमको तेस्रो दिन शुक्रबार एनए कोर्ष गरेका फुटबल रेफ्री सन्तोष गुरुङ र सुशिल केसीले फुटबल खेलका बारेमा प्रशिक्षण गराउनेछन् । गुरुङ नेपाल फुटबल रेफ्री संघका सदस्य तथा केसी कास्की जिल्ला रेफ्री संघका अध्यक्ष हुन् । तालिममा ७० जनाभन्दा बढी खेल पत्रकार सहभागी रहेको छ ।

पोखरा ट्रेड मल चिप्लेढुङ्गामा रहेको क्लासिक चुलोमा आयोजना गरिएको तालिममा पोखरा महानगरपालिकाले समेत सहयोग रहेको छ । त्यसोत नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४