Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुजरातलाई हराउँदै चेन्नाई आइपिएल क्रिकेटको फाइनलमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १० २०८०
  • 1.7K
    SHARES

काठमाडौं । साविक विजेता गुजरात टाइटान्सलाई हराउँदै चेन्नाई सुपर किङ्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिक्टको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राती आफ्नै मैदानमा भएको पहिलो क्वालिफायर खेलमा चेन्नाईले गुजरातलाई १५ रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो ।

यसका लागि रुतुराज गायकवाडले ६० रन जोड्दा गुजरातका मोहोमद शामीले २ विकेट लिए । जवाफमा १७३ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा १५७ रनमा अलआउट भयो ।

गुजरातका शुबमन गिलले ४२ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् । जितसँगै चेन्नाई दशौं पटक आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । गुजरातले भने अब फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।

बुधबार हुने लखनउ सुपर जायन्ट्स र मुम्बई इण्डीयन्सबिचको विजेतासँग गुजरातले फाइनल प्रवेशको लागि खेल्नेछ ।

फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४