Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिल्लीसँग हारेपछि पञ्जावको प्लेअफ सम्भावना कठिन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ४ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्ससे पञ्जाव किंग्सलाई १५ रनले पराजित गरेको छ ।

यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको दिल्लीको यो पाँचौ जित हो । हारपछि पञ्जावको प्लेअफ सम्भावना भने कठिन बनेको छ ।

धर्मशालामा भएको खेलमा दिल्लीले दिएको २१४ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो ।

लियम लिभिङस्टोनले ९४ रन बनाए पनि पञ्जावलाई जिताउन सकेनन् । अन्तिम बलमा आउट भएका उनले ४८ बल खेल्दै ५ चौका र ९ छक्का प्रहार गरेका थिए । अथर्व टाइडेले रिटायर्ड आउट हुनुअघि ४२ बलमा ५५ रन बनाएका थिए ।

दिल्लीका यशान्त शर्मा र एकरिक नवर्कियखले दुई/दुई तथा खलिल अहाद र अक्षर पटेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले राइले रुसोको आक्रमक ब्याटिङमा २ विकेट गुमाएर २१३ रन बनाएको थियो । रुसोले अविजित रहँदै सर्वाधिक ८२ रन बनाए । उनले ३७ बल खेल् ६ चौका र ६ छक्का प्रहार गरेका थिए ।

यस्तै पृथ्वी शाले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरी ५४ रन बनाए । कप्तान डेविड वार्नरले ३१ बलमा ४६ रन जोडे । फिल साल्टले १४ बलमा अविजित २६ रन बनाए ।

पञ्जावक लागि साम करनले दुई विकेट लिए ।

जितपछि १३ खेलबाट १० अंकसहित दिल्ली नवौं स्थानमै छ । १३ खेलबाट १२ अंकसहित पञ्जाव आठौं स्थानमा छ । पञ्जावसहित चार टिमको समान १२ अंक भए पनि नेट रनरेटमा पञ्जाव सबैभन्दा कमजोर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४