Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाको बयान सकियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १३ जनाको बयान सकिएको छ ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व उपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसीको बयान सकिएको हो ।

यस्तै, सोही प्रकरणमा मुछिएका सानु भण्डारी, केशव दुलाल, सागर राई, गोबिन्द चौधरी, रामशरण केसी र टंककुमार गुरुङको बयान पनि सकिएको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार सो प्रकरणमा बढी रकम बुझ्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजीत राई रहेका छन् । उनले ५ करोड भन्दा बढी रकम लिएको खुलासा भएको छ ।

यसैगरी टोपबहादुर रायमाझीले ३ करोड, खाँडले १ करोड २३ लाख बढी, टेकनारायण पाण्डेले ५० लाख, नरेन्द्र केसीले ५ लाख बढी, सन्दीप रायमाझीले ४० लाख र रामबदादुर थापाका छोरा प्रतीक थापाले १ करोड बढी रकम बुझेका थिए ।

प्रहरीले बयान सकिएकाहरुलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध मानव बेचविखन तथा ओसारपसार, सार्वजनि पद दुरुपयोगलगायतको मुद्दा चलाउने गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । यसका लागि थप तीन चार दिनको समय लाग्ने बताइएको छ ।

सोही प्रकरणमा आत्मसमर्पण गरेका आङटावा शेर्पाको भने बयान लिने क्रम जारी छ । उनलाई प्रहरीले २ दिनको म्याद थप गरी बयान लिन लागेको हो ।

सोही प्रकरणमा मुछिएका फरार पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक थापा र ईन्द्रजित राइका छोरा निरज राइको खोजी कार्य जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४