Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुन-कुन कारणले ढाड दुख्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३ २०८०
  • 4.1K
    SHARES

ढाड दुख्ने समस्या हामी सबैले जीवनको कुनै न कुनै समयमा भोगिरहेका हुन्छौं । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै रोगको लक्षण हो । ढाड दुख्नुका विभिन्न कारण हुन्छन्, तीमध्ये केही कारणको यहाँ चर्चा गरिन्छ ।

१. पस्चुरल ब्याक पेन

साना बालबालिकाहरुको ढाड अंग्रेजी शब्द ‘एस’ आकारको हुन्छ । उमेर बढ्दै जाँदा पेट बढ्दै जाने, ढाडको मांसपेशी कमजोर हुँदै जाने र ढाड कुप्रो हुँदै जाँदा शरीरको पोस्चर बिग्रिंदै जान्छ । त्यसमा पनि झुकेर, निहुरेर, टेबलमा बसेर काम गर्दा ढाडको पोस्चर थप बिग्रिने र मेरुदण्डको पछाडि भएका मांसपेशी कमजोर हुने हुँदा ढाडमा दुखाइ महसुस हुन्छ, जसलाई पस्चुरल ब्याक पेन भनिन्छ । यस्तो प्रकारको ढाडको दुखाइ धेरैजसो मानिसले अनुभव गरेका हुन्छन् ।

यसको समाधानका लागि कुर्चीमा बसेर काम गर्दा सिधा बसेर काम गर्ने, आवश्यक परेमा कुर्सीमा सपोर्ट राख्ने, सामान उचाल्दा ढाडको मांसपेशीलाई भार नपारीकन उचाल्ने प्रयास गर्ने र ढाडको मसललाई बलियो पार्ने थेरापी गर्दा पस्चुरल ब्याक पेन कम हुन्छ ।

२. ढाडको हड्डी खिएर हुने दुखाइ (लम्बर स्पोनडाइलोसिस)

उमेर बढ्दै जाँदा ढाडको हड्डीका जोर्नीहरुमा दबाब बढी भएर हड्डी खिइने अवस्था आउँछ, जसलाई लम्बर स्पोनडाइलोसिस भनिन्छ । यो पनि धेरैले भोग्ने समस्या हो । उमेर बढ्दै जानेबाहेक शरीरको तौल बढी भएका, बढी झुकेर निहुरेर काम गर्नुपर्ने, भारी बोकेर हिंड्नुपर्ने व्यक्तिलाई यस्तो समस्या धेरै हुन्छ ।यसबाट बच्न शरीरको तौल नियन्त्रणमा राख्ने, ढाडमा धेरै दबाब पर्ने गरी झुकेर निहुरेर काम नगर्ने, ढाडको पोस्चरलाई ख्याल राख्ने, चिकित्सकको सुझावनुसार औषधि सेवन र फिजियोथेरापिस्टको सुझावअनुसार व्यायाम गर्नुपर्छ ।

ओस्टिओपोरोसिस

युवा उमेर पार हुँदै जाँदा हड्डी पनि कमजोर हुँदै जान्छ । यसलाई ओस्टियोपोरोसिस भनिन्छ । विशेषगरी महिलामा महिनामारी बन्द भएपछि शरीरमा इस्ट्रोजन भन्ने हार्मोन कम हुँदा हड्डीहरु अत्यधिक रुपमा कमजोर हुन्छन्, जसलाई पोस्ट्मेनोपजल ओस्टिओपोरिसिस भनिन्छ । ओस्टिओपोरोसिस भएर हड्डी कमजोर हुँदा कुनै चोटपटकविना नै ढाडको हड्डी भाँचिन जान्छ । यसले शरीर कुप्रो हुनुका साथै ढाड दुखाइको समस्या पनि हुन्छ । त्यसकारण ओस्टिओपोरोसिस कम गर्न नियमित व्यायाम गर्ने दूध र दुग्धजन्य पदार्थ सेवन गर्ने, डाक्टरको सल्लाहअनुसार क्याल्सियम, भिटामिन डी, एन्टिओस्टिओपोरोटिक मेडिसिन विस्फोनेट तथा महिलाको हकमा हार्मोन थेरापी गर्न सकिन्छ । हड्डी कमजोर भएर निकै नै कुप्रो भएर ढाड दुखेको अवस्थमा भने काइफोप्लास्टी र भर्टेब्रोप्लास्टीजस्ता शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

मेरुदण्डको हड्डी भाँचिएर हुने दुखाइ

अग्लो ठाउँबाट खसेर मेरुदण्डको हड्डी भाँचिददा हड्डी दबिएकै अवस्थामा जोडिंदा कालान्तरमा ढाड बाङ्गो हुन्छ र दुख्छ । त्यसकारण मेरुदण्डको हड्डी भाँचिंदा डाक्टरको सल्लाहअनुसार त्यसको उपचार गर्नुपर्छ ।

भिटामिन डीको कमीबाट हुने ढाडको दुखाइ

भिटामिन डीको कमी हुँदा पनि ढाड दुख्न सक्छ । यसको कमीले शरीरमा थकान महसुस हुने, जीउ गल्ने, जोर्नी, मांसपेशीमा दुखाइ महसुस हुनेजस्ता लक्षण देखिन्छन् । प्रत्यक्ष रुपमा खानेकुराबाट मात्र भिटामिन डी प्राप्त नहुने र घामको सहारा लिनुपर्ने हुँदा नेपाललगायत विश्वका धेरै मुलुकका नागरिकमा भिटामिन डीको कमी देखिन्छ ।

त्यसैले भिटामिन डीयुक्त खानेकुरा धेरै खाने, नियमित घाममा बस्ने, डाक्टरको सल्लाहअनुसार भिटामिन डीको प्रयोग गर्नेजस्ता उपाय अवलम्बन गर्दा भिटामिन डीको कमीबाट हुने ढाड दुख्ने समस्या कम हुन्छ ।

महिलामा पाठेघरको समस्याले हुने दुखाइ

महिलामा पाठेघरको समस्याका कारण पनि ढाड दुखाइ हुन सक्छ । त्यस्तै महिनावारी हुँदा पनि यो समस्या हुन सक्छ । पाठेघरमा हुनै समस्या भएको शंका लागेमा स्त्रीरोग विशेषज्ञसँग देखाउनुपर्छ ।

पिसाबमा संक्रमण हुँदा ढाड दुखाइ

पिसाबको समस्या ढाड दुख्ने अर्को प्रमुख कारण हो । मिर्गौलाको पत्थरीबाट हुने दुखाइ निकै कडा खालको हुन्छ । बुझ्नुपर्ने कुरा के भने मिर्गौलामा भन्दा पनि मिर्गौलाबाट सुरु हुने युरेटर भन्ने नलीमा ‘स्टोन’ अड्किंदा यस्तो प्रकारको दुखाइ महसुस हुन्छ ।

एङ्काइलोजिङ स्पोण्डिलाइटिस

यो रोग धेरैलाई थाहा नहुन पनि सक्छ । यसलाई ढाडको बाथ भनेर बुझ्न सकिन्छ । यो समस्या महिलामा भन्दा पुरुषमा बढी देखिन्छ । धेरैजसो अवस्थामा यो रोग विविध कारण सुरुकै अवस्थामा डायग्नोसिस नहुन पनि सक्छ । सानै उमेरमा लक्षण सुरु भएमा ढाड, गर्धन तथा हिपको जोर्नी पूर्ण रुपमा जाम हुने समेत अवस्था आउन सक्छ । कहिलेकाहीं राति सुतेको अवस्थामा अत्यधिक दुखाइ भई कोल्टो फेर्न समेत हात टेक्नुपर्ने अवस्था हुन्छ ।

साथै ढाड जाम भएजस्तो महसुस हुने, छातीका करङको हड्डी वरिपरिको मांसपेशी दुख्ने, लामो सास तान्दा छातीको चौडाइ तुलनात्मक रुपमा कम बढ्ने जस्ता लक्षण देखिन्छन् । डाक्टरको सल्लाहअनुसार एक्सरे गराएर र रगतमा एचएलएबी-२७ को जाँच गराएर एङ्काइलोजिङ स्पोण्डिलाइटिस् भन्ने रोग पत्ता लाग्छ ।

मेरुदण्डको टीबी

मेरुदण्डमा क्षयरोग अर्थात् टीबी हुँदा पनि ढाड दुख्छ । सुरुकै अवस्थामा टीबी भएको पत्ता लगाउन केही गाह्रो हुन सक्छ । ढाड दुख्न सुरु भएपछि दुखाइको मात्रा बढ्दै जाने, रातिको समयमा दुखाइ ज्यादा हुने, ढाड दुखाइकै कारण दैनिक जीवनमा असर पार्ने, भोक नलाग्ने, ढाड कुप्रो हुँदै जाने, खुट्टा प्यारालाइसिससम्म हुने समस्या हुन सक्छ ।

एक्सरे, एमआरआई, रगत जाँच, बायोप्सी आदि गरेर मेरुदण्डमा टीबी भए नभएको पत्ता लगाउन सकिन्छ । समयमा नै पत्ता लागेर उपचार गरे यो रोग निको हुन्छ ।

क्यान्सरका कारण हुने ढाड दुखाइ

ढाड दुखाइको एउटा कारण क्यान्सर पनि हुन्छ । वृद्ध उमेरका व्यक्ति जसमा ढाड दुख्नुका साथै रेड फ्ल्याग संकेत जस्तै शरीर दुब्लाउने, भोक नलाग्ने, ज्वरो आउने, राति ढाडको दुखाइ धेरै हुने, पहिला लामो समयसम्म धुम्रपान र मध्यपान गरेका ढाडको क्यान्सर पनि भएको हुन सक्छ । मेरुदण्डको क्यान्सर दुई प्रकारको हुन्छ, एउटा मेरुदण्डबाटै उत्पति भएको क्यान्सर र अर्को शरीरको अरु भागमा क्यान्सर पैदा भएर विस्तारै मेरुदण्डको हड्डीमा सरेको क्यान्सर ।

त्यसैले जुन कारणले ढाड दुखाइ भएको भए पनि समयमै यसको पहिचान गरेर उपचार गर्दा राम्रो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४