Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भलिबललाई पूर्व अध्यक्ष मनोरञ्जनद्वारा आर्थिक सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । नेपाल भलिबल संघको आयोजनाम हुने काभा महिला भलिबल च्यालेन्ज कप –२०२३ को लागि संघका पूर्व अध्यक्ष मनोरञ्जन रमण शर्माले आर्थिक सहयोग गरेका छन् । आज सोमबार कार्की ब्याङकेट,बबरमहलमा आयोजित पत्रकार सम्मेलनका अवसरमा पूर्व अध्यक्ष शर्माले उक्त च्याम्पियनसिपका लागि नगद १ लाख प्रदान गरेका हुन् ।

यस्तै आर्थिक सहयोग गर्ने क्रममा टाईगर ग्रुप अफ पोखराले नगद १ लाख र बिद्यालय भलिबल कमिशनले नगद ७५ हजार आर्थिक सहयोग गरेका छन् । पूर्व अध्यक्ष शर्मा र बिद्यालय भलिबल कमिशनका सचिव लोकेन्द्र बहादुर खड्काले संघका कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठलाई नगद हस्तान्तरण गरे । यस्तै उक्त प्रतियोगिताका लागि विभिन्न संघ संस्था तथा भलिबल प्रेमीहरुबाट आर्थिक सहयोगको प्रतिबद्धता आईरहेको अध्यक्ष जितेन्द्र बहादुर चन्दले पत्रकार सम्मेलनमा जानकारी गराए ।

एभरेष्ट तेक्वान्दोको तयारी पूरा

संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको तत्वावधानमा यही जेठ ६ मा आयोजना हुने ‘प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’को तयारी पूरा भएको छ । प्रतियोगिताका निर्देशक तथा एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो स्कुलका सञ्चालक कुमार कार्कीले प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । एक दिने प्रतियोगितामा ग्योरोगी र पुम्सेका प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चार सयभन्दा वढी खेलाडीले प्रतिस्पर्धा गर्ने कार्कीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि सिनियर ग्रान्डमास्टर एचके लीको नेतृत्वमा मोहन थापा संयोजक रहेको ३५ सदस्यीय कमिटी पनि गठन गरिएको छ । जसमा नौ अन्तर्राष्ट्रिय निर्णायक रहने छन् । प्रतियोगिता सञ्चालनका लागि मेरिल्यान्ड तेक्वान्दो संघ, एनआरएनए मेरिल्यान्ड, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना), साथी बाल्टिमोर, एचके ली तेक्वान्दो एकेडेमी, हिमालयन तेक्वान्दो, सनसाइन तेक्वान्दो, ग्लोबल तेक्वान्दो, युनाइटेड एभरेष्ट तेक्वान्दो, इगल तेक्वान्दो एकेडेमी, जुन ली तेक्वान्दो एकेडेमीलगायतका संघसंस्थाले पनि सहयोग गर्ने निर्देशक कार्कीले जानकारी दिए ।

कार्कीको पहलमा मेरिल्यान्डको बाल्टिमोरमा एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसन नामक गैर नाफामूलक संस्था सञ्चालन हुँदै आएको छ । फाउन्डेसनले नेपालमा तेक्वान्दोको विकास तथा विस्तारमा विभिन्न सहयोग गर्दै आएको छ । विगत केही वर्षदेखि नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा ‘एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’ आयोजना हुँदै आएको छ । यस वर्षको प्रतियोगिता आगामी डिसेम्बरमा चितवनमा हुँदैछ । विगत तीन दशकदेखि तेक्वान्दोमा अनवरत रुपमा लागेका कार्कीले सन् २०१५ अमेरिकामा तेक्वान्दो स्कुल पनि सञ्चालन गर्दै आएका छन् । स्कुलमा चार वर्षदेखि ७३ वर्षसम्मका दुई सय खेलाडीले नियमित रुपमा प्रशिक्षण लिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४