Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बार्सिलोना ४ खेलअघि नै जित्यो ला लिगाको उपाधि


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । बार्सिलोनाले चार खेलअगावै स्पानिस ला लिगाको उपाधि जितेको छ । आइतबार राति भएको क्याटलान डर्बीमा स्पानयोललाई ४-२ ले पराजित गरेपछि बार्सिलोना च्याम्पियन बनेको हो ।

३४ खेलबाट बार्सिलोना ८५ अंक जोडेको शीर्ष स्थानमा छ । समान खेलबाट रियल ७१ अंकसहित दोस्रो स्थानमा छ ।

अब बार्सिलोनाले बाँकी खेल हार्दासमेत रियलले भेट्ने छैन । अब १२ अंकका लागि खेल्न बाँकी हुँदा बार्सिलोनाले १४ अंकको अग्रता बनाइसकेको छ ।

बार्सिलोनाले सन् २०१९ पछि पहिलो पटक ला लिगाको उपाधि जितेको हो । क्लबकै पूर्वखेलाडी जाभी प्रशिक्षक बनेपछि पनि बार्सिलोनाको यो पहिलो उपाधि हो ।

बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा अलेजान्द्रो बाल्डे र जुल्स कोउन्डेले एक/एक गोल गरे ।

बार्सिलोनाले पहिलो हाफमै तीन गोल गरेको थियो । लेवान्डोस्कीले ११औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा बाल्डेले अग्रता दोब्बर पारे भने लेवान्डोस्कीले ४०औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गरे ।

५३औं मिनेटमा कोउन्डेले गोल गर्दा बार्सिलोनाले ४-० को अग्रता बनायो ।

स्पानयोलका लागि जाभिएर पाउडो र जोसेलुलु गोल फर्काए पनि बार्सिलोनालाई जितबाट रोक्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४