Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफ्नो कैदी जीवनलाई देखाउँदै पल शाहको कमब्याक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २९ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । अभिनेता पल शाहले आफूले भोगेको कैदी जीवनमाथि आफ्नै निर्देशन र अभिनयमा तयार पारेको म्यूजिक भिडियो मार्फत कमब्याक गरेका छन् ।

उनले ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीतमाथि बनेको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरेका हुन् । उक्त गीत उनले आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

अणु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द र संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् । भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सुनिसा भट्टराईको अभिनय रहेको छ ।

भिडियोमा पलले हथकडी लगाएकोदेखि उनको रिहाइको कामना गर्दै परिवार, साथीभाई, विभिन्न धार्मिक समुदायका मानिसहरुले गरेको पूजाआजा र प्रार्थनालाई देखाइएको छ । नाबालिग बलात्कारको आरोपमा १ वर्ष जेल जीवन बिताएका शाह गत फागुन १५ गते जेल जीवनबाट मुक्त भएका थिए ।

भिडियोको अन्तिममा लेखिएको छ, ‘नेपालमा करिब २८ हजार कैदीबन्दी कारागारमा रहेका छन् । कोही दोषी नउम्किउन् । कोही निर्दोष नफसुन् । स्वतन्त्र न्यायपालिकाप्रति हाम्रो उच्च सम्मान ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४