Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गायिका कल्पना सुनुवारको “सुनुवार” भाषाको गित “गे तेङा गो तेङा तेङा” सबै तिर चर्चा बटुल्दै ।


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २९ २०७९
  • 5.8K
    SHARES

काठमाडौं । रामेछापकी चेली तथा पछिल्लो समयको चर्चित गायिका कल्पना सुनुवारको आफ्नै “सुनुवार” भाषाको गित”गे तेङा गो तेङा तेङ”को म्युजिक भिडियो सार्वजनिक भएको छ । कल्पना सुनुवार र तारादेवी सुनुवारको संयुक्त प्रस्तुती रहेको गितको क्वालिटी फिल्मस् नेपाल नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

आफ्ना भाषा ,सस्कृतिलाई जोगाउने उदेश्य सहित गायिका सुनुवारले सुनुवार भाषाको गित गे ते ङा गो ते ङा गित सार्वजनिक भएको हो । गितमा गायिका सुनुवारकै आवाज रहेको छ भने तारादेबी सुनुवारको शब्द रहेको छ । गितमा रामेछाप सांस्कृतिक कलाकार समाज रामेछापका पुर्व अध्यक्ष रामकुमार पौडेलको लय रहेको छ ।

तारा देवी सुनुवारद्धारा लिखित उक्त गितमा कल्पना सुनुवारको स्वर र राम कुमार पौडेलको संगित रहेको छ । गायिका स्वंयम कल्पना सुनुवार र प्रकाश सुनवारको मुख्य अभिनय रहेको भिडियोमा सुनुवार जातिको संस्कृती लाई देखाउने प्रयास गरिएको छ ।

गायिका सुनुवार २०६८ सालदेखी गायन क्षेत्रमा लागेपनी २०७४ सालमा पहिलो पटक आफ्नै लगानीमा “डाडैमा बिजुली आयो” गित बजारमा ल्याएकी थिइन । डाडैमा बिजुली आयो भन्ने गित धेरै श्रोता दर्शकले रुचाए पछी क्रमिक रुपमा आँखै नलाउनी, मयालाई, घुमाउछु रामेछाप, जिन्दगानी, मायाकै सम्झना लगाएत दर्जनौं गित गाएकी छिन ।

गायिका कल्पना सुनुवार आफ्नै भाषाको सुनुवार गित भने “गे तेङा गो तेङा तेङा” पहिलो प्रयास रहेको उनी बताउछिन् ।

 सुनुवार भाषाको गित क्वालिटि फिल्मस् प्रालीबाट बजारमा आएको छ भने अहिले सबै तिर चर्चा बटुली रहेको छ  ।

  • भिडियो हेर्नको लागी यो लिंक खोल्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४