Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बारा २ को उपनिर्वाचनमा जनमत पार्टीले नछोड्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १५ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पार्नुभएको छ ।

बुधबार माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउनका लागि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र उहाँको जित हुने प्रवल सम्भावना रहेको पनि बताउनुभयो । उहाँले मधेश प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमती सत्तारुढ गठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनसँग जोडेर नहेर्न पनि पटकपटक आग्रह गर्नुभयो ।

अध्यक्ष राउतले बैकल्पिक नयाँ राजनीतिक दलहरुलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन पनि आग्रह गर्नुभयो । ठूला पार्टीहरु पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरुले पनि मिलेर सो चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने उहाँको भनाई थियो ।अध्यक्ष राउतले सत्यको पक्षमा लाग्न पनि बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको जिकीर समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४