Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकी प्रदेश सरकारद्वारा चार क्रिकेट खेलाडी सम्मानित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १४ २०७९
  • 2.2K
    SHARES

पोखरा । गण्डकी प्रदेश सरकारले चार क्रिकेट खेलाडीलाई सम्मान गरेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै ग्लोबल क्वालिफायरमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी करन के.सी र अन्डर-१९ वर्ल्डकपमा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्नुहुने दिपक डुम्रे,अर्जुन कुमाल र सुवास भण्डारीलाई ५०/५० हजार नगद सहित सम्मान गरिएको हो।

प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने चार खेलाडीलाई नगद ५०/५० हजार र प्रमाण सहित सम्मान गरेका हुन् ।

सम्मानपछी मुख्यमन्त्री अधिकारी खेलाडीहरु राष्ट्रको गहना भएको बताए ।

उनले खेलकुद र खेलाडीको उन्नयनका लागि प्रदेश सरकारले सदैव सकारात्मक भुमिका खेल्ने बताउँदै खेलाडीहरु प्रती उच्च सम्मान व्यक्त गरे ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले खेलकुदको माध्यमबाट विश्वभर चिनाउन सफल खेलाडीहरु र खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता राखेको बताए ।

उनले क्रिकेट खेलको माध्यमबाट प्रदेश र देशको शिर उचो बनाउन खेलाडीहरुले गरेको योगदानलाई मुल्यांकन गर्दै प्रदेश सरकारले सम्मान गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४