Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालाजु घटनामा जिम्मेवारी खोसिएका डीएसपीको तीन वर्ष बढुवा रोक्का


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ३ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, बालाजुका पूर्वप्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टको तीन वर्ष बढुवा रोक्का गर्ने गरी कारबाही गरेको छ ।

यातायात व्यवसायीले १ फागुनमा गरेको प्रदर्शनमा व्यावसायिक जिम्मेवारी निर्वाह गर्न नसकेको निष्कर्षसहित विष्टलाई कारबाही गरिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार घटनाबारे छानिबन गर्न गठित डीआईजी मसाउद आलम खाँ नेतृत्वको समितिले दिएको सिफारिस अनुसार बढुवा रोक्काको निर्णय भएको हो ।

तत्कालीन समयमा प्रहरी वृत्त, सोह्रखुट्टेमा कार्यरत डीएसपी गणेशबहादुर बमलाई पनि सचेत गराउने निर्णय भएको छ । माछापोखरीमा प्रदर्शनकारीले प्रहरीको दुई वटा गाडीमा तोडफोड र आगजनी गरेका थिए । त्यति हुँदा पनि प्रहरीले प्रतिक्रिया जनाउन नसकेको आरोप लागेको थियो ।

प्रदर्शनकारीले विष्ट चढ्ने बा २ झ १४४ नम्बरको स्कर्पियोमा पनि तोडफोड र आगजनी गरेका थिए । घटनालगत्तै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई जिम्मेवारीबाट हटाएको थियो । प्रदर्शनका क्रममा यातायात व्यवसायीले ल्होत्से मलमा मोबाइल पसलमा लुटपाट समेत गरेका थिए । यो घटनामा प्रहरीले परिस्थितिको पूर्वमूल्यांकन गर्न नसक्दा चुक भएको छानबिन समितिको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४