Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा स्ववियुको निर्वाचन अवरोध गर्न लगाइएका ताला प्रहरीले फुटायो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ३० २०७९
  • 1.5K
    SHARES

चितवन । चितवनमा प्रहरीले स्ववियूको निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले कलेजमा लगाएका ताला फुटाउन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कलेजहरुमा विद्यार्थीहरुले लगाएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्टै आज बिहान प्रहरीले ताला फोडेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार प्रहरीले मंगलबार बिहानै चितवनका विभिन्न ११ कलेजमा लगाएको ताला फोडेको हो ।

जिल्लामा त्रिविका १४ कलेजमा स्ववियुको निर्वाचन हुँदैछ । भरतपुरका ठुला कलेजहरू सप्तगण्डकी कलेज, वीरेन्द्र भरतपुरमा लगाएको ताला फुटाइदिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्वदलीय बैठकपछि प्रशासनले सूचना जारी गर्दै मंगलबार बिहान ६ बजेसम्म ताला खोल्न समय दिएको थियो ।

तोकिएको समयभित्र लगाएको ताला नखोलेपछि प्रहरीले बिहानै सबै कलेजको ताला फुटाएको प्रवक्ता पण्डितले जानकारी दिए ।

चितवन प्रशासनले सम्पूर्ण क्याम्पस व्यवस्थापनहरुलाई तोकिएकै मिति चैत ५ गते नै स्ववियु निर्वाचन गर्ने गरी त्यसअघिका विभिन्न क्रियाकलाप र गतिविधिहरुको संक्षिप्त प्रक्रिया अवलम्बन गरि निर्वाचन गर्न भनेको छ ।

ताला प्रहरीले तोडेपछि आज विभिन्न विद्यार्थी संगठनहरुले उम्मेदवारको मनोनयन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४