Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २४ २०७९
  • 2K
    SHARES

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार तीन खेल हुँदैछन् ।

बुधबार दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २ः३० बजे सुरू हुनेछ । पुलिस पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो । हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । पहिलो खेलमा हिमालयनले मनाङसँग बराबरी खेलेको थियो ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ । मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे सुरू हुनेछ ।

मनाङले पहिलो खेलमा हिमालयनसँग बराबरी खेलेको थियो । संकटाले पहिलो खेलमा आर्मीसँग बराबरी खेलेको थियो ।

यसैगरी, च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरू हुनेछ ।

एपीएफले पहिलो खेलमा थ्री स्टारलाई हराएको थियो । यस्तै, सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४