Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रियंका चोपडाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २३ २०७९
  • 2.9K
    SHARES

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाको बहुप्रतिक्षित हलिउड वेब सिरिज सिटाडेलको ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक भएको उक्त सिरिजको ट्रेलरमा प्रियंका जासूसको भूमिकामा देखिएकी छन् । सिरिजको कथा प्रियंका र अभिनेता रिचर्ड म्याडेनको वरिपरि घुम्छ जसमा उनीहरूले एजेन्टको भूमिका निभाएका छन् ।

१८५ मिलियन डलरमा निर्माण भएको सिरिजलाई इटाली र भारतमा छायांकन गरिएको हो । विश्व फिल्ममा दोस्रो धेरै कमाउने फिल्म ‘एभेन्जर्स इन्डगेम’का निर्देशक रुसो ब्रदर्सले निर्देशन गरेको ट्रेलर आकर्षक छ।

थ्रिलर, एक्सन र रोमान्टिक दृश्य समावेश यो सिरिजलाई २ सय ४० भन्दा बढी देशमा ओटीटी प्लेटफर्म प्राइम भिडियोले रिलिज गर्न लागेको हो । ट्रेलरमा प्रियंका र रिचर्ड बाहेक स्टेनली टुसी पनि देखिएका छन् । ‘सिटाडेल’ को पहिलो दुई एपिसोड आगामी अप्रिल २८ मा रिलिज हुने भएको छ ।

सिरिजमा रिचर्ड, प्रियंका र स्टेनलीका अलावा लेस्ली म्यानभिल, ओसी इखिले, एस्ले कमिङ्स, रोल्यान्ड मोलर र डेभिक सिल्जे, काओलिन स्प्रिंगल हेन्ड्रिक्सको पनि अभिनय रहेको छ ।

अंग्रेजी भाषा बाहेक यो वेब सिरिज हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडमा पनि रिलिज हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४