Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अंश मुद्दा हालेपछि अभिनेत्री निशाले लेखिन् स्टाटस


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २३ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । अभिनेत्री निशा अधिकारीले श्रीमान् क्रिकेटर शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेपछि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेकी छन् ।

होलीको अवसरमा अधिकारीले फेसबुकमा स्टाटस लेख्दै आफूहरू ठिकठाक रहेको बताएकी छन् । उनले होली मनाएको आफ्नो एक तस्वीरसहित उक्त स्टाटस सार्वजनिक गरेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘म न त लुकाउने छु न त धेरै व्याख्या गर्न जाँदैछु । यो हाम्रो व्यक्तिगत मामिला हो र हामी एकदम परिपक्वता र करुणाका साथ सबै भन्दा राम्रो तरिकाले काम गरिरहेका छौं ।’

अधिकारीले आफूहरूको यो निजी मामला भएको बताउँदै अंश मुद्दा हाल्नुको कारणबारे केही खुलाएकी छैनन् । अधिकारीले आफू श्रीमान र छोरा ठिक रहेको पनि उक्त स्टाटस मार्फत बताएकी छन् ।

अधिकरीले गत भदौमा भेषावकरसँग अंशबण्डाको माग गर्दै मुद्दा दायर गरेकी थिइन् । नाबालक छोरालाई समेत अंश बण्डाको उचित भाग लगाउनुपर्ने माग गर्दै अधिकारीले श्रीमान् भेषावकरविरुद्ध मुद्दा दायर गाराएकी हुन् ।

अधिकारीले गत भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दा दायर गरेकी अधिकारीले सम्बन्ध विच्छेदको मुद्दा भने दायर गरेकी छैनन् ।

लामो समय प्रेम सम्बन्धमा रहेका अधिकारी र भेषावकरको २०७४ सालमा विवाह भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४