Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफ्नो कर्तव्य कहिल्यै नभुल्ने यी सुन्दर प्रकृतिहरु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २० २०७९
  • 2.4K
    SHARES

काठमाडौं । यी सुन्दर प्रकृतिहरु हुँदैन थियो भने जन्मिनु र रमाउनुको पनि कुनै अर्थ  हुँदैन थियो होला सायदै  ।

त्यसैले त यी सुन्दर प्रकृतिहरु मानव जीवनका लागि एउटा वरदान स्वरूप नै हो । हरेक मानिसलाई जिउन सिकाउने यी सुन्दर प्रकृतिहरुको संरक्षण र संबर्धन गर्न मानिसले बिर्सिसके तर यी सुन्दर प्रकृतिहरुले आफ्नो कर्तव्य बिर्सिएको छैनन ।

समयअनुकुल आफू परिवर्तन हुनु यी सुन्दर प्रकृतिहरु कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले त प्रकृतिको यो स्वरुपलाई सबैले मन पराउँछन् ।

समयअनुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो । सबै मानिस प्रकृतिको अनुपम छहारीमा जन्मिएर यसकै काखमा लडिबुडी गरेका छौं ।

दुनियाँलाई लोभ्याउने सामर्थ्य भएको यी सुन्दर प्रकृतिहरु साँच्चिकै नाम जत्तिकै सुन्दर छन । यही प्रकृतिको अनुपम छहारीमा हामी रमाउँछौं, खेल्छौं, हाँस्छौं, बस्छौं तर यी सुन्दर प्रकृतिहरुको संरक्षण गर्दैनौं ।

गत असोजदेखि राम्रोसँग नेपालको परिवेशमा वर्षा पनि हुन सकेको छैन । तर पनि प्रकृतिले आफ्नो समयसँगै परिवर्तन हुने कर्तव्य भुलेको छैन ।

यदि प्रकृतिले पनि मानवजाति झैं आफ्नो कर्तव्य र जिम्मेवारी भुलेको भए के हुन्थ्यो ? त्यसैले पनि हामीले प्रकृतिको संरक्षण गर्न आवश्यक रहेको छ ।

हामी मानवजातिले पनि यी सुन्दर प्रकृतिहरु झैं आफ्नो जिम्मेवारी र कर्तव्य भुल्नु हुँदैन । आफ्ना हरेक सन्ततीलाई आफ्नो न्यानो र आनन्ददायी काखमा सजाइरहने प्रकृति साँच्चिकै महान छ ।

हावाको बेगसँगै रमाउनुको आनन्द, सुसेली हाल्दै बयली खेल्नुको मजा तब न यी सुन्दर प्रकृतिहरुको मजा छ ।

प्रकृतिलाई मानवीकरण गर्ने हो भने बोल्दो हो – सारा दुःख भुलाउन सक्छु, तिमी मुसलधारे पानी परेका बेलामा अरुलाई शीतलता प्रदान गर्छु, चराचुरुङ्गीको चिरबिर चिरबिर आवाजमा गुन्गुनाइरहन्छ, वसन्त ऋतुको आगमनसँगै ढकमक्क भएर फुल्छु, हरेक प्राणी जगतलाई आफ्नो सपना बुन्न सिकाउँछु तब न म प्रकृति हुँ ।

मैले आफ्ना कर्तव्य र जिम्मेवारी भुल्नु हुँदैन, म माथि कुनै बज्रपात किन नपारेस् मैले फुल्न छोड्नु हुँदैन, मैले बग्न छोड्नु हुँदैन, मैले सुसाउन छोड्न हुँदैन, मैले मेरो कर्तव्य केही छोड्नु हुँदैन ।

मलाई काँडाले प्रहार गर्नेमाथि पनि फूलले जवाफ फर्काउनुछ र सबैलाई आफूसँगै साथमा
लैजानुछ । यी सुन्दर प्रकृतिहरुको देन सदा  सर्बदा बचाई राख्नु छ ।

     

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४