Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शाहरुखकी श्रीमती गौरीविरुद्ध लखनउमा उजुरी दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १८ २०७९
  • 1.7K
    SHARES

एजेन्सी । भारतीय चर्चित अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानविरुद्ध उजुरी दर्ता भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार लखनउमा एक व्यक्तिले गौरीसहित ३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

गौरी, ब्रान्ड एम्बेसडर रहेको कम्पनी तुल्स्यानी कन्स्ट्रक्सन एण्ड डेभलपर्स लिमिटेड ले ८६ लाख भारतीय रुपैयाँ लिएर पनि अहिलेसम्म फ्ल्याट नदिएको मुम्बईका जसवन्त शाह नामका व्यक्तिले आरोप लगाएका छन् । यो फ्ल्याट तुल्स्यानी गोल्ड भ्यू, सुशान्त गल्फ सिटी, लखनउमा अवस्थित छ। गौरीले पैसा हिनामिना गरेको आरोप लगाउँदै ती व्यक्तिले लखनऊ प्रहरी चौकीमा उजुरी दिएका हुन् ।

जसवन्तले उजुरीमा आफूसँग पैसा लिए पनि गौरीले यो फ्ल्याट अरु कसैलाई दिएको दावी गरेका छन् । उनले गौरी खान बाहेक तुलस्यानी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख एमडी अनिलकुमार तुलस्यानी र निर्देशक महेश तुलस्यानीविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । ब्राण्ड एम्बेसडर गौरीको प्रचारबाट प्रभावित भएर जसवंतले उक्त फ्ल्याट किनेको उजुरीमा उल्लेख छ ।

गौरीको ‘गौरी खान डिजाइन्स’ नामक आफ्नै कम्पनी छ । उनी उत्कृष्ट इन्टेरियर डिजाइनर हुन्, उनले धेरै प्रसिद्ध सेलिब्रेटीहरूको घर डिजाइन गरेकी छन्।

उनी यस ब्रान्डकी एम्बेसडर मात्र हुन् । त्यसैले उनको नाममा पनि उजुरी दर्ता गरिएको छ । यद्यपी गौरीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४