Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्यार्थी सङ्गठनहरू स्ववियु निर्वाचनमा एक्लै भिड्न किन डराउँदैछन् ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 3K
    SHARES

काठमाडौँ । चैत ५ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्दैछ । त्यसका लागि फागुन १९ गतेदेखिको निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको छ । त्रिविले निर्वाचनको तयारी थालेको छ भने विद्यार्थी सङ्गठनहरूले समेत तयारीलाई तीव्रता दिएका छन् । उनीहरूले निर्वाचन घोषणापत्र लेख्नेदेखि लिएर क्याम्पसहरूमा आफ्नो अवस्था बुझ्ने सम्मको काम थालेका छन् ।

लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनमा विद्यार्थी सङ्गठनहरू एक्ला एक्लै भिड्न भने डराइरहेका छन् । उनीहरूले आवश्यकताका आधारमा तालमेल गर्ने रणनीति बनाएका छन् । यसअघि मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरू गठबन्धन गरेर निर्वाचन लडेका थिए । विद्यार्थी सङ्गठनहरू समेत तालमेल गरेर अगाडि बढ्ने मनसाय बनाइरहेका छन् ।

नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले तालमेल नगरी निर्वाचन एक्लै भिड्ने निर्णय गरेको थियो । तर, नेताहरू आवश्यकताको आधारमा तालमेल गर्ने मनस्थितिमा पुगेका छन् ।

त्यस्तै गरी नेपाल विद्यार्थी सङ्घ पनि गठबन्धन नगर्ने तर, तालमेल गरेर अगाडि बढ्ने मनसायमा छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले गठबन्धन नगर्ने तर, आवश्यकताको आधारमा तालमेल गर्न सकिने बताएका छन् । विगतमा नेविसंघले जितिरहेको ठाउँमा पनि अहिले सङ्गठनको अवस्था हेरेर तालमेल गर्ने वा एक्लै भिड्नेबारे निर्णय गरिने उनको भनाइ छ ।

नेविसंघले अहिले स्ववियु निर्वाचनका लागि घोषणापत्र लेखनको कार्य अगाडि बढाइरहेको छ । घोषणापत्रको आधारमा तालमेल गर्ने वा एक्लै भिड्ने भनेर निर्णय गरिने उनको भनाइ छ ।

त्यसका लागि सुरुमा त्रिविका आङ्गिक क्याम्पसबाट तथ्याङ्क विश्लेषण गरिनेछ । ‘आङ्गिक क्याम्पसबाट सरसल्लाह गरेर अगाडि बढाउने छौँ । त्यसका लागि संयोजक तोकेका छौँ । त्यसको आधारमा अगाडि बढ्छौँ,’ उनले भने ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्नो सङ्गठनसँग एजेन्डा मिल्ने र स्प्रिट मिल्ने सङ्गठनहरूसँग तालमेल गर्न सकिने बताएका छन्  । ‘हामीसँग एजेन्डा मिल्ने, स्प्रिट मिल्ने सङ्गठनसँग तालमेल हुनसक्छ । त्यसका लागि हाम्रो सदैव बाटो खुल्ला हुन्छ । त्यसका लागि नमिल्ने भन्ने त छैन,’ अध्यक्ष बडालले भने ।

तालमेलका लागि पहिलो प्राथमिकता प्रगतिशील विद्यार्थी सङ्गठनहरूसँग एलायन्सका लागि जोड दिइने उनको भनाइ छ । सबै ठाउँमा तालमेलका अवस्था नहुन सक्ने उनको भनाइ छ ।

अहिले कोमामा पुगेको स्ववियुलाई जोगाउनुपर्ने दायित्व रहेको भन्दै त्यसका लागि लचक हुनुपर्ने ठाउँमा लचक हुने उनको भनाइ छ । सहज ढङ्गबाट विजय प्राप्त गर्ने ठाउँमा त्यही आधारमा अगाडि बढ्ने अनेरास्ववियुको तयारी छ ।

तल्ला कमिटीबाट आएको सुझाव र प्रतिवेदनको आधारमा तालमेलबाट निर्णय गरिने उनको भनाइ छ । त्यसका लागि फागुन १३ गतेसम्म प्रतिवेदन पेस गर्ने कार्यादेश छ ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता मिलन एमसीले स्ववियु निर्वाचनमा कुनै तालमेल नगर्ने निर्णय गरेको बताएका छन्  । ‘सिंगल नै लड्ने भन्ने पदाधिकारी बैठकले निर्णय गरेको छ । कुनै ठाउँमा त्यस्तो परिस्थिति आयो भने छुट्टै हुन्छ ।’ उनले भने ।

अखिल क्रान्तिकारीले सबै प्रदेश र जिल्लाको बैठक सम्पन्न गरेको छ । अहिले कलेजहरूमा केन्द्रित भइरहेको छ । कलेजमा आफ्नो उपस्थितिका आधारमा तालमेल गर्न सकिने उनको भनाइ छ ।

अखिल क्रान्तिकारीले अहिले घोषणापत्र लेख्ने काम गरिरहेको छ । घोषणापत्र सार्वजनिक भएपछि उम्मेदवारको छनौट गरिने उनको भनाइ छ । कुनै अर्को सङ्गठनले तालमेलको लागि प्रस्ताव गरेको खण्डमा छलफल गरेर अगाडि बढ्ने उनले बताएका छन्  ।

अन्य विद्यार्थी सङ्गठनहरूले समेत तालमेल गरेर अगाडि बढ्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४