Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जोखिमपूर्ण बाटोबाट अमेरिका जानेको कथामा बन्ने ‘क्यामिनो’को नायिकामा वर्षा सिवाकोटी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १८ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर पैदलै अमेरिका प्रवेश गर्ने कथावस्तुमा बन्न लागेको फिल्म ‘क्यामिनो’को छायांकन नयाँवर्षदेखि सुरु हुँदैछ । फिल्ममा नायकको भूमिकामा प्रदीप खड्काले अभिनय गर्दैछन् । नायिकाको भूमिकामा भने वर्षा सिवाकोटीले अभिनय गर्ने भएकी छन् । अर्की नायिकाको खोजी भइरहेको छ । निर्देशक दीपक वलीले वर्षासँग फिल्मबारे मौखिक सहमति भएको बताए ।

‘लिखित सहमति हुन बाँकी छ,’ उनले भने । वर्षाले पनि निर्देशक वली र अन्य टिमसँगको तस्वीर सेयर गर्दै ‘भेटघाट’ क्याप्सन लेखेकी छन् ।

गत साता निर्माताले सार्वजनिक गरेको टिजर पोस्टरले फिल्मको कथावस्तुबारे धेरै खुलासा गर्छ । उक्त पोस्टरसँगै फिल्मसँग अभिनेता खड्काको संलग्नता खुलाइएको थियो । उक्त पोस्टरमा पानीजहाजमा कोचाकोच आप्रवासीहरुको दृश्य देख्न सकिन्छ । पछिल्लो समय अमेरिकाले दक्षिण अमेरिकी मुलुकका सीमा हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासी संकटको सामना गरिरहेको छ जसमा नेपाली पनि संलग्न छन् । उक्त जोखिमपूर्ण बाटो हुँदै अमेरिकातर्फ लाग्दा धेरैले ज्यान गुमाएका छन् ।

एक्सिस नेपाल फिल्म्सले निर्माण गर्ने यो फिल्मलाई महेश दवाडीले लेखेका हुन् । नेपाली, अंग्रेजी, हिन्दी र स्पेनी भाषामा फिल्म बन्ने भएको छ । फिल्मको शीर्षक पनि स्पेनी भाषाबाट लिइएको छ जसको अर्थ बाटो भन्ने हुन्छ ।‘प्रेमगीत ३’पछि अभिनेता खड्का यो प्रोजेक्टमा व्यस्त हुनेछन् । त्यसपछि उनी आशुसेन र दिनेश राउतका फिल्ममा हुनेछन् । यसअघि पनि खगेन्द्र लामिछाने र दीपेन्द्र खनालले पनि यस्तै कथावस्तुमा ‘हिंडेर अमेरिका’ शीर्षकमा फिल्म बनाउने घोषणा गरेका थिए । तर त्यो प्रोजेक्ट बन्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४