Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘जुनेलीले छाउपडीको विषयलाई उठाइएको छ’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १६ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेपाली वेब सिरिज ‘जुनेली’को प्रिमियर शो भएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कलाकार सुलेमान शंकर (इकु)ले सिरिज एकदमै राम्रो रहेको र चेतनामुलक रहेको बताएका छन् । उनले सिरिजमा छाउपडीको विषयलाई उठाइएको बताए ।त्यस्तै, अर्का कलाकार कैलाश कार्कीले सिरिज एकदमै राम्रो रहेको बताएका छन् । उनले आवाजमा केही समस्या रहेको तर, आगामी दिनमा त्यसलाई समाधान गरेर अघि बढे सिरिज राम्रो रहेको बताए । त्यस्तै, कलाकार सुन्दर खनालले सिरिजमा सामाजिक विषयवस्तुहरुलाई उठान गरिएकाले राम्रो रहेको भनेका छन् ।

त्यसैगरी कलाकार पवन भट्टराईले सिरिज एकदमै राम्रो रहेको र यो पहिलो एपिसोड भएकाले अर्को एपिसोडमा कमजोरी सुध्रिँदै जाने बताएका छन् । सामाजिक विषयवस्तु उठाइएकाले सिरिजराम्रो रहेको कलाकार रवि गिरीको भनाइ छ । उनले जुनेली कथाको सुरुवात भएको र वास्तविक कथा सुरु हुन थालेको बताएका छन् ।

कलाकार पवित्रा साँकीले क्यामेरा अघि कुनै सिरिज वा अभिनय नगरेकाले केही गल्ती भएको हुनसक्ने र आफूले टिकटक र सिरिजको अभिनयमा धेरै फरक पाएको बताएकी छन् । उनले अत्ति भो र मेरीबास्सैबाट अभिनयको लागि अफर आएको र मेरी बास्सैको एपिसोडमा भने अभिनय गरेको बताइन् ।

चलचित्रको रुपमा प्रदर्शनमा आएको यो सिरिजको पहिलो भाग मात्रै हो । यो सिरिजपछि अन्य दोस्रो, तेस्रो भागहरु आउने निर्माण टिमले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४