Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेता नवाजुद्दीनकी श्रीमती विरुद्ध आमाले दर्ता गरिन् उजुरी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ११ २०७९
  • 1.8K
    SHARES

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती विरुद्ध नवाजुद्दीनकी आमाले उजुरी दर्ता गरेकी छन् ।

नवाजुद्दीनकी आमा मेहरुनिसा सिद्दिकीले आफ्नी बुहारी आलिया विरुद्ध उजुरी गरेकी हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार वर्सोवा प्रहरीले आलियालाई सोधपुछका लागि बोलाएको छ । नवाजकी आमा र श्रीमतीबीच सम्पत्तिलाई लिएर विवाद भएको थियो । जसका कारण उक्त विवाद प्रहरीमा पुगेको हो ।

प्रहरीले भारतीय दण्ड संहिता (आईपीसी) को धारा ४५२, ३२३, ५०४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ । नवाजुद्दीनकी श्रीमतीको वास्तविक नाम अञ्जना किशोर पाण्डे थियो । तर, नवाजुद्दीसँग विवाहपछि उनले आफ्नो नाम बदलेर आलिया जैनब राखेकी हुन् । सम्पत्तिलाई लिएर मेहरुनिसा र आलिया बीच चर्को झगडा भएपछि मेहरुनिसा प्रहरीको मा पुगेर आलियाविरुद्ध उजुरी दर्ता गरेको समाचारमा उल्लेख छ ।

यतिमात्रै नभएर सन् २०२० मा आलियाले नवाजको परिवारमाथि आफूलाई कुटपिट गरेको आरोप लगाएकी थिइन् । साथै आलियाले नवाजुद्दीनका भाइ शम्स नवाब सिद्दिकीले आफूमाथि दुर्व्यवहार गरेको र यसै कारणले नवाजुद्दीनलाई सम्बन्धविच्छेदका लागि कानूनी पत्र पनि पठाएको बताएकी थिइन् ।

सन् २०२१ मा आलियाले नवाजुद्दीनसँग सम्बन्धविच्छेद गर्ने निर्णय परिवर्तन गरिन् । उनले नवाजको व्यवहारमा धेरै परिवर्तन आएको भन्दै सम्बन्धविच्छेद नगर्ने निर्णय गरेको बताएकी थिइन् । उनले आफू र नवाजुद्दीन दुवैले मिलेर मतभेद सुल्झाउने र आफ्ना सन्तानको भविष्य पनि हेर्ने बताएकी थिइन् । नवाजुद्दीन र आलियाका दुई सन्तान छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४