Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनावश्यक झगडामा फसिन राखी सावन्त, प्रहरी चौकीबाट निस्किदै गर्दा निरास देखिइन्


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ६ २०७९
  • 1.3K
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री तथा डान्सर राखी सावन्त बेलाबेलामा बिभिन्न कारण चर्चामा आउने गर्छिन ।

यस पटक उनी आफ्नो विबाह र आमा बिरामी भएको अवस्थामा तनावमा रहेकै बेला पुलिस चौकी पुग्नु परेको छ । बिहिबार उनलाई भारतको मुम्बई स्थित अम्बोली प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको छ । भारतीय मोडल शार्लिन चोपडाले दिएको उजुरीले उनी पक्राउ परेकी हुन् । गत नोभेम्बर ९ मा शार्लिनले राखीले आफ्नो आपत्तिजनक भिडियो र तस्बीरहरु सामाजिक सञ्जालमा शेयर गरेर बेइज्जत गरेको आरोप लगाएकी थिएन् । त्यही आरोपमा राखी पक्राउ परेकी हुन् । तर उनी प्रहरीले सोधपुछ गरेपछि प्रहरी चौकीबाट बाहिरिएकी थिईन । उनले सोधपुछमा प्रहरीलाई सहयोग समेत गरिन् । त्यसैले सोधपुछपछि प्रहरीले उनलाई घर जान अनुमति दिएको हो ।

भारतीय संचारमाध्यमका अनुसार राखी प्रहरी चौकीबाट निस्कदै गर्दा समस्याको पहाडले थिचेको जस्तो अवस्थामा थिईन् । आफ्नी आमा बिरामी भएर अस्पताल भर्ना गरेको बेला उनी अनावश्यक रुपमा बलिउडको झगडामा फसेकी छिन् । प्रहरी चौकीबाट निस्किदै गर्दा उनी भारतीय संचारमाध्यमको घेरामा परिन् ।

संचारमाध्यमको अगाडि राखीले सबैलाई हात जोडेर अभिवादन गरिन्, त्यतिबेला उनले हिजाव लगाएकी थिइन् । उनले संचारमाध्यमसँग आफ्नो आमाको अवस्था नाजुक रहेको भन्दै सीधै अस्पताल जाने बताइन् । उनी शारीरिक रुपमा कमजोर देखिएकी थिइन् । उनको रक्तचाप घटेको थियो भने निरास मुद्रामा थिइन् । राखीका पति आदिल खान कठिन समयमा उनीसँगै देखा परेका थिए । राखीले केही दिन अघि मात्रै विबाह गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४