Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिन्ताजनक अर्थतन्त्रको अवस्थाबारे अध्ययन गरिरहेको छु : अर्थमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ४ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले भूकम्पले ढाल्न नसकेको, नाकाबन्दीले झुकाउन नसकेको र कोभिड-१९ को पनि सामान गरेको अर्थतन्त्र किन चिन्ताजनक अवस्थामा पुग्यो ? भन्दै प्रश्न गरेका छन् ।

बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र : अबको बाटो विषयक कार्यक्रममा उनले सबै समस्या सामाना गरेको नेपालको अर्थतन्त्र किन चिन्ताजनक भयो भन्ने प्रश्न अर्थमन्त्री भएदेखि नै आफ्नो मनमा रहेको बताएका छन् ।

‘मेरो मनमा यौटा प्रश्न छ, हामीले अर्थतन्त्रले धेरै ठूलो प्रहार सहनु परेको छ । भूकम्प र नाकाबन्दी हामीले सामना गर्‍यौं । कोभिड संसारले भोगेको हो,’ उनले भने, ‘भूकम्प जस्तो चुनौती सामना गरेको, भूकम्पले ढाल्न नसकेको, नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र सम्हाल्दै आएका हौं, सरकार, निजी क्षेत्र र सरकारले सहकार्य गर्दै जोगाएका थियौं ।

‘कोभिडमा पनि सामना गर्न सकेका र आज भूकम्प छैन, नाकाबन्दी छैन, कोभिड व्यवस्थापन भइसकेको भएपनि हामी आर्थिक रुपमा किन चिन्ताजनक अवस्था छौं ?,’ उनले प्रश्न गर्दै भने, ‘किन सक्षम पाइलट खोज्ने अवस्थामा आयौं ? किन इन्जिन चेक गर्ने अवस्थामा आयौं ?’

अहिले जे जस्ता समस्याको चर्चा भइरहेको छ ११ पुसमा अर्थ मन्त्रालयमा छिरेदेखि त्यसको अध्ययन गरिरहेको उनले बताए । ‘म अहिलेपनि अपेक्षा र गुनासा सुन्दैछु । यो समस्या यही रुपमा रहन दिनु हुँदैन । म समस्याका विरुद्ध सार्थक र निर्णायक प्रहार गर्ने योजना छु,’ उनले भने, ‘समाधानका उपाय अगाडि सारेर अर्थतन्त्रलाई अगाडि बढाउने छु । राजस्व परिचालनको चिन्ताजनक अवस्था कसरी समाधान गर्ने ? करको दायर बढाउने, राजस्व प्रशासनमा सुधार र माग बढाउने बारे अध्ययन गर्दैछु ।

उनले खर्चमा कसरी व्यवस्थापन गर्ने भन्ने समस्या रहेको बताउँदै पूँजीगत खर्च बढाउन प्रभावकारी प्रयास गर्ने बताएका छन् ।

‘उत्पादन क्षेत्रको खर्च बढाउँदै अनुत्पादक क्षेत्रको खर्च घटाउँछौ, सरकार मितव्ययी बन्छ, आर्थिक अनुशासन कायम गर्छौं,’ उनले भने, ‘निजी क्षेत्रको मनोबल बढाउन, निजी क्षेत्रका कुरा सुनेर, आत्मबल बढाएर हामी अगाडि बढ्छौं । समस्या समाधान पनि यसै गरी हुनेछ । सरकार तपाईंहरुको सामु अभिवावक बन्छ, सरकारका समस्या पनि निजी क्षेत्रले बुझ्नु पर्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४