Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माघे संक्रान्तिकाे अवसमा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले दिए शुभकामना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले साँस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍यायाएको बताउनुभएकाे छ ।

आइतबार माघे संक्रान्ति पर्वको अवसरमा एक शुभकामना सन्देश दिदै उहाँले यस्ताे बताउनुभएकाे हाे । यस पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएकाे छ ।

‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधता युक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीकोबीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख गरिएकाे छ ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि माघे संक्रान्ति पर्वकाे अवसमा संघीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ । आइतबार ‘मगर, थारु र छन्त्याल समुदायको प्रमुख सांस्कृतिक पर्व एवं नेपालीहरूको महत्वपूर्ण पर्व माघे संक्रान्ति पर्वको शुभकामना सन्देश दिनुभएकाे हाे ।

संघीय र प्रदेश सरकारले जनसुरक्षा, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि तीव्र गतिमा काम गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४