Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २८ २०७९
  • 3.7K
    SHARES

काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् ।

अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।

एसपी मनोज केसी र दानबहादुर कार्की

अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखा र काठमाडौं प्रहरी प्रमुख बोहोरा सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्साल सरुवा भएका छन् ।

उनीहरूले २२ असारमा काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए । तर, उनीहरुको कमाण्ड क्षमतामाथि प्रहरी प्रधान कार्यालयले प्रश्न उठाउँदै आएको थियो ।

जिल्ला प्रहरी परिसर, ललितपुरमा सिद्धिविक्रम शाह पठाइएका छन् । मानव बेचबिखन ब्यूरोमा जीवनकुमार श्रेष्ठ सरुवा भएका छन् । उनीहरुसहित २४ जना एसएसपीको बिहीबार काज सरुवा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४