Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुख्खा ग्रस्त छथर गाउँपालिकाका नागरिक खानेपानीकाे समस्याबाट मुक्त


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २० २०७९
  • 3.6K
    SHARES

काठमाडौं । तेह्रथुमको छथर गाउँपालिकामा पानीका मुहानहरू सुख्खा ग्रस्त हुँदा नागरिक तथा पशुचौपयालाई पिउने पानी जोहो गर्नै मुश्किल भएकाे थियो ।

यहाँ खानेपानी अभावकै कारण वर्षेनी दर्जनौं परिवार बसाई सर्नुपर्ने बाध्यता रहँदै आएको थियो । यस पालिकामा खानेपानी पैचौ लिनुपर्ने आवश्यकता थियो । तर यहाँको अवस्था अहिले फेरिएको छ । नागरिका खानेपानीकाे समस्यालाई सामाधान गर्नका लागि स्थानीय सरकारले अहिले बृहत खानेपानी आयोजना सञ्चालन गरेकाे छ । जसले गर्दा यस पालिकाकाे सुख्खा ग्रस्त क्षेत्रमा खानेपानी पुगेपछि नागरिकहरु अहिले खानेपानीकाे समस्याबाट मुक्त बन्न थालेका छन ।

खानेपानी आयोजना मार्फत पानी आएपछि करेसामा तरकारी उत्पादन हुँदै आएको स्थानीयवासी तुलसा श्रेष्ठले बताउनुभयो। बस्तीबस्तीमा खानेपानी पुगेसँगै यहाँका स्थानीयहरुको घरको करेसाहरु हरियाली देखिन थालेका छ । वर्षाैदेखि भौग्दै आएको खानेपानीको समस्याबाट मुक्त भएको छथर गाउँपालिका-३ काे पञ्चकन्याका स्थानीयवासी उमादेवी श्रेष्ठ र बद्रीनाथ क्षेत्रीले बताउछन्।

नागरिकहरुको समस्यालाई मध्येनजर गर्दै गाउँपालिकाले ३ करोड लगानीमा तेलिया खानेपानी आयोजना सञ्चालन गरेको थियो । खानेपानीले हाहाकार बनेको गाउँमा आयोजना सञ्चालन गरेपछि करेसा बारीमा हरिया सागपात देखिन थालेकाे गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाकाे भनाइ छ । खानेपानी आयोजना सञ्चालन सँगै ८ सय परिवार लाभान्भित बनेका छन् ।

आयोजना संचालन भएपछि बसाइँ सराईको संख्यामा समेत न्यूनिकरण आएको छथर गाउँपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४