Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘टुट्नु थियो टुट्यो मुटु’को नयाँ भर्सनप्रति सुदीप गिरीको आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १९ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । २० वर्ष अघिको ‘टुट्नु थियो टुट्यो मुटु’ बोलको गीतलाई नयाँ भर्सनमा निकालेपछि गीतका सर्जक गायक सुदीप गिरीले आपत्ति जनाएका छन् ।

गिरीले सामाजिक सञ्जाल मार्फत उक्त गीतको प्रतिलिपि अधिकार कसैलाई पनि बिक्री नगरेको प्रष्टीकरण दिएका छन् । आफ्नो गीत रिबेल क्रिएसन म्युजिक कम्पनीबाट सार्वजनिक गरिए पनि यस कम्पनीलाइ कपिराइट नबेचेको उनले बताएका छन् ।

साथै गिरीले रिबेल क्रियसन्स नामक कम्पनीले पुनः रेकर्ड गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले रिबेल क्रिएसनविरुद्ध नेपालको कानून अनुसार यसको समाधान खोज्ने चेतावनी समेत दिएका छन् ।

गिरीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘२० वर्ष अघि म्युजिक रेकर्ड केटिएममा गरिएको, २०६० सालमा रिबेल क्रिएसन नामक कम्पनीबाट सार्वजनिक गरिएता पनि कहिल्यै यस कम्पनीलाइ कपिराइट नबेचेको, मेरो शब्द , सङ्गीत र स्वरमा रहेको, सबैले मन पराउनु भएको ‘टुट्नु थियो टुट्यो मुटु’ बोलको गीत आज मलाई थाहै नदिई यस कम्पनीले पुनः रेकर्ड गरेर भिडियोसमेत सार्वजनिक गरिएकोमा मेरो घोर आपत्ति छ ।’

‘रिबेल क्रिएसनका मालिक गगन प्रधान र गायक इन्द्र मानन्धरको मिलेमतोमा मेरो मूल गीतको चोरी गरि आफ्नै ढंगबाट पुनः रेकर्ड गर्दै सार्वजनिक गरेर पैसा कमाउने र सस्तो लोकप्रियता पाउन खोज्ने घटिया र निच प्रयासको मन देखीनै घोर भत्सना गर्दछु र नेपालको कानून अनुसार यसको समाधान पनि खोज्ने छु ।’ गायक गिरीले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४