Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल टी–२० लिगमा पोखराको पहिलो जित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १५ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । कुशल मल्ल र सिद्धान्त लोहनीको आक्रामक ब्याटिङ सहयोगमा नेपाल टी–२० लिगअन्तर्गत पोखरा एभेन्जर्सले फार वेष्टमाथि २ विकेटको जित रचेको छ । प्रतियोगितामा पोखराको छैटौं खेलमा पहिलो जित हो ।

लगातार खराब लयबाट गुज्रिएको पोखराले फारवेष्टविरुद्ध १८८ रनको लक्ष्य ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टाएको हो । ओपनरहरु सुमित महर्जन र आसिफ शेखले ६५ रनको साझेदारी गर्दै पोखरालाई सहज सुरुवात गराएका थिए ।

सुमितले २२ बलमा ३८ तथा आसिफले ३३ बलमा ४५ रन बनाए । तेस्रो नम्बरमा आएका कप्तान उपुल थारंगा ९ रनमै आउट भए पनि मध्यक्रममा कुशल र सिद्धान्तले जिम्मेवारी लिएर खेले ।

कुशलले २२ बलमा ५ छक्कासहित ४० रनको योगदान गरे । सिद्धान्तले १० बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए । अमिर हम्जाले १२ रन जोडे ।

बलिङमा फारवेष्टका करण केसी, प्रकाश जैशी र उमाइर अलीले २–२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको फारवेष्टले नवौं नम्बरमा ब्याटिङ गरेका राशिद खानको विष्फोटक ३२ रन सहयोगमा ९ विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको थियो ।

राशिदले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । मध्यक्रममा उमाइर अलीको २६ बलमा ४२ रन र ओपनर देव खनालको ३३ रनले फारवेष्ट बलियो योगफलमा पुगेको थियो ।

बलिङमा पोखराका जाहिर खानले ३ विकेट लिएका थिए । अमिर हम्जा र तुल थापाले २–२ विकेट लिए ।

यो जितसँगै पोखरा अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँचौं खेलमा चौथो हार ब्यहोरेको फारवेष्ट समान २ अंक भए पनि नेट रनरेटमा पछि पर्दै तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४