काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज शिष्टाचार भेटवार्ता भएको छ।
राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटवार्ता भएको हाे।
भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा बिजयी हुनुभएकोमा र हालैको निर्वाचनमा राप्रपालाई प्राप्त उपलब्धिलाई लिए बधाई दिनुभएको छ।
साथै, भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।