Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकपको पहिलो सेमिफाइनल खेल आज: मेस्सी कि मोड्रिच, कसले मार्ला बाजी ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २७ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल आज मंगलबार राती हुँदैछ । अर्जेन्टिना र क्रोयशियाबीच रोचक खेल हुने अपेक्षा गरिएको छ । आज मध्य राति पौने १ बजे सुरु हुने खेल अर्जेन्टिना र क्रोयशियाका लागि मात्र नभएर दुवै टीमका कप्तानका लागि पनि विशेष दिनका रुपमा देखिन्छ ।

दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदाँ अर्जेन्टिना र क्रोयशिया फाइनलमा पुग्ने योजनामा हुनेछन् । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी हुन भने क्रोयशियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।

अर्जेन्टिना क्रोयशियालाई हराएर छैटौं पटक विश्वकपको फाइनलमा पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले दुईपटक विश्वकप जितिसकेको छ । साविक उपविजेता क्रोयशिया दोस्रो पटक विश्वकपको फाइनलमा पुग्न चाहन्छ । हालसम्म क्रोयशियाले विश्वकप उपाधि जित्न सकेको छैन । अर्जेन्टिना र क्रोयशियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोयशियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो ।

अर्जेन्टिना २०१४ मा फाइनलमा हारेको थियो भने क्रोयशिया २०१८ मा पराजित भएको थियो । कोपा अमेरिकाको उपाधि जितेर कतार पुगेको अर्जेन्टिनाको टोलीले पछिल्लो ३६ खेलमा हार बेहोरेको छैन । समूह चरणमा अर्जेन्टिनालाई हराएर फाइनलमा पुग्दा क्रोयशियाले चार वर्षअघिको प्रर्दशन कुनै धमाका बिना नै दोहोर्‍याउने बाटोमा छ। तर अर्जेन्टिनाले आफ्नो पहिलो समूह खेलमा साउदी अरेबियासँग १–२ ले हार्दा राम्रो सुरुवात गर्न सकेन । तर, टोलीले आफ्ना अर्को समूहका दुवै खेल जितेर पुनरागमन गर्दै प्रि(क्वार्टरफाइनलमा अष्ट्रेलियालाई २(१ ले हराएको थियो। अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

मेस्सीले विश्वकपमा चार गोल गरेका छन् र हालको विश्वकपका सर्वाधिक गोलकर्ता फ्रान्सका केलियन एमबाप्पेभन्दा एक गोलले पछि छन् । मोड्रिचले जारी विश्वकपमा कुनै गोल गर्न वा सहयोग नगरेको हुन सक्छ, तर क्रोयशिया टोलीका लागि उनको महत्त्वलाई अतिरञ्जित गर्न सकिँदैन।

पछिल्ला ४१ खेलमा अर्जेन्टिनाले २७ खेल जितेको छ भने २ खेल मात्र हारेको छ । बाँकी खेल बराबरीमा सकिएका छन् । यस्तै विश्वकपमा क्रोयशियाले पछिल्ला १२ मध्ये ११ खेल जितेको छ ।

तसर्थ पनि मेस्सीका लागि यो विश्वकपको खुट्किलो पार गरेर विश्वकै महान् फुटबलरको रूपमा आफूलाई उभ्याउने अवसरका रूपमा रहेको छ । मेस्सीलाई यसपटक विश्वभर रहेका उनका करोडौँ समर्थकले विश्वकप जितुन् भन्ने कामना गरिरहेका छन् । सामाजिक सञ्जालमा पनि उनलाई शुभकामना दिनेको कमी छैन ।

यता अघिल्लो संस्करणको विश्वकपमा उत्कृष्ट खेलाडी घोषित भएर पनि टीमलाई उपाधि जिताउन नसकेका मोड्रिच यसपटक उपाधि जित्ने दाउमा छन् । जारी विश्वकपमा क्रोयशियाले राम्रो खेलिरहेको छ ।

दुवै टीमका गोलकिपरको प्रदर्शन पनि उच्चस्तरीय रहेको छ । क्वाटरफाइनलमा जिताउन दुवै टीमका गोलकिपरको प्रदर्शन अब्बल थियो । तर, फुटबल जित्नका लागि मैदानमा राम्रो खेल्नुपर्ने र गोल नै गर्नुपर्ने यथार्थलाई दुवै टीमले राम्रोसँग बुझेका छन् । यो खेलको नतिजाका लागि त मंगलबार मध्यरातसम्म कुर्नुपर्ने छ । नतिजासँगै मेस्सी र मोड्रिचमध्ये एकको विश्वकप उपाधि यात्रा भने आजै राती सकिने छ ।

यसैबीच, स्वीडेनका चर्चित स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले कतारमा जारी विश्वकप अर्जेन्टिनाले जित्ने पक्का भइसकेको बताएका छन्। यसपटकको विश्वकप उपाधि अर्जेन्टिनाको नाममा लेखिएको इब्राहिमोभिच बताउँछन्। क्वाटरफाइनलमा क्रोयशिया र अर्जेन्टिना भिड्नुअघि नै इब्राहिमोभिचले विश्वकप विजेताको अनुमान लगाएका हुन्।

‘मलाई लाग्छ, कसले जित्ने भनेर पहिल्यै लेखिएको छ। तपाईँलाई थाहा छ मेरो मतलब कसले जित्छ। मलाई लाग्छ, मेस्सीले यसपटक विश्वकप उपाधि उचाल्नेछन् जुन पहिल्यै लेखिएको छ’, बार्सिलोनामा एक सिजन मेस्सीसँगै खेलेका इब्राहिमोभिचले भनेका छन्।

कतारमा जारी विश्वकपमा आज हुने पहिलो सेमिफानलमा कसले बाजी मार्ला भन्ने विभिन्नअड्कलबाजी सामाजिक सञ्जालमा व्यापक भैइरहेको छ । तर क्रोयशिया र अर्जेन्टिनाबीच कसले जित्छ भनेर अनुमान गर्न गाह्रो छ । जारी प्रतियोगितामा भएका खेलले सरप्राइज नतिजाहरु आइरहेकाले ‘प्रेडिक्सन’ गर्न गाह्रो देखिएको हो ।

मेस्सीलाई हेर्‍यो भने अर्जेन्टिनाले जितोस् भन्ने लाग्छ । तर, नयाँ टोलीहरु पनि त आउनुपर्‍यो । सधैं ब्राजिल, अर्जेन्टिना, फ्रान्स जस्ता शक्तिराष्ट्रहरु भनेर पनि हुँदैन भन्ने पनि एकथरि सामाजिक सञ्जालमा छन् ।

यसअघिका खेल हेर्दा पनि हामीले देखिसकेका छौ क्रोयशियासँग अग्ला र तेज गतिमा दौडने खेलाडी छन् । क्वाटरफाइनलमा नेदरल्यान्ड्सले अर्जेन्टिनाविरुद्ध अन्तिम समयमा फिजिकल खेलाडीमा ध्यान दिएर खेल बराबरीमा ल्यायो । त्यसैले पनि अर्जेन्टिना दबाबमा रहेको छ । अर्जेन्टिनाको टीम पनि निकै बलियो छ । खेलाडी हेर्ने हो भने गोलकिपरदेखि अग्रपंक्तिसम्म सशक्त देखिन्छ । आजको खेल मध्यरातसम्म बसेर हेर्नुपर्ने हुँदा भने निकै समस्या देखिएको छ । खाना खाएर सुत्ने अनि मस्तनिन्द्रामा पुग्ने बेला सुरु हुने खेल खेलप्रेमी, समर्थक र दर्शकलाई निकै गाह्रो हुने देखिन्छ । यसमा विशेष गरि नेपालमा रहेका खेलप्रेमी र समर्थकहरु भन्छन, अब झन सेमिफाइनलका खेलहरु छन् अब नहेर्ने कुरै भएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४