Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप फुटबलको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २७ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ ।

पहिलो सेमिफाइनल खेलमा मंगलबार राति अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । कतारको दोहास्थित लुजेल रंगशालामा नेपाली समय अनुसार राति पौने १ बजे यो खेल सुरू हुनेछ ।

क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुट आउटमा हराउँदै अर्जेन्टिना तथा ब्राजिललाई पेनाल्टी सुट आउटमै हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेका हुन् ।

यसअघि सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिना तेस्रो पटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको छ । यस्तै, सन् १९९१ मा युगोस्लाभियाबाट छुट्टिएर स्वतन्त्र राष्ट्र बनेको क्रोएसियाले सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यतिबेला तेस्रो स्थान लिन सफल क्रोएसिया गत विश्वकपको उपविजेता रहेको थियो भने यसपटक इतिहासको पहिलो उपाधिको खोजीमा छ ।

यो विश्वकपलाई विश्व फुटबलका सर्वकालिन महान खेलाडीमध्येका एक लियोनल मेस्सीको अन्तिम विश्वकपको रुपमा हेरिएको छ । यसैगरी, क्रोएसियाका पनि अहिलेसम्मकै सफल खेलाडी लुका मोड्रिचको लागि पनि कतार विश्वकप अन्तिम अवसर हुनसक्छ ।

विश्वकपको दोस्रो सेमिफाइनल खेलमा भोलि बुधबार राति साविक विजेता फ्रान्सले मोरक्कोको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४