Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीमान दिलीप कुमारको १०० औं जन्मजयन्तीको अवसरमा भावुक भइन् सायरा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २५ २०७९
  • 1.9K
    SHARES

एजेन्सी । भारतीय अभिनेता दिलीप कुमारको १०० औं जन्मजयन्तीको अवसरमा हेरिटेज फाउण्डेसनले ‘हिरो अफ हिरो’ फिल्म फेस्टिभल आयोजना गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

जसमा दिलीपका फिल्महरू पुनः प्रदर्शन गरिएको छ । सोही अवसरमा उनकी श्रीमती सायरा बानो पनि कार्यक्रममा पुगेकी थिइन् । सोही कार्यक्रमको एक भिडियो सार्वजनिक भएको छ, जसमा दिलीप कुमारको पोस्टर छुदै सायरा भावुक भइरहेकी छन् ।

यो भिडियो हेरेपछि फ्यानहरूदेखि लिएर सेलिब्रेटीसम्मले सायरालाई कमजोर नहुन अपिल गरिरहेका छन् । जहाँ एक प्रयोगकर्ताले लेखेका छन्, ‘साँचो प्रेम शब्दमा व्यक्त हुँदैन । यो केवल हरेक नकहिएको कुरामा प्रतिबिम्बित हुन्छ ।’ त्यस्तै अर्को एक जनाले लेखे, ‘यसलाई भनिन्छ साँचो माया ।’

दिलीप कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन् । सायराले सन् १९६१ मा आएको फिल्म ‘जंगली’ मा शम्मी कपूरसँग काम गरेर आफ्नो करियर सुरू गरेकी थिइन् । त्यसपछि उनले ‘ब्लफ मास्टर’, ‘झुक गया आसमान’, ‘आई मिलन की बेला’, ‘प्यार मोहब्बत’, ‘भिक्टोरिया नम्बर २०३’, ‘आदमी और इन्सान’ जस्ता फिल्ममा काम गरिन् ।

सायरा र दिलीपको फिल्ममा सँगै काम गरेर सन् १९६६ मा विवाह गरे । यद्यपि दिलीप कुमारको ७ जुलाई २०२१ मा ९८ वर्षको उमेरमा निधन भएको थियो ।

दिलीप कुमार र सायरा बानोको विवाह हुँदा सायरा २२ वर्षको र दिलीप ४४ वर्षका थिए । उनीहरूका सन्तान छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४