Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकपमा आज २ क्वाटरफाइनल : पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २४ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ ।

पहिलो खेल पोर्चुगल र मोरक्कोबीच हुनेछ । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । यस्तै दोस्रो खेलमा अल बायत स्टेडियममा हुनेछ । यी दुई खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् ।

आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ ।

पोर्चुगल भर्सेस मोरक्को

जारी विश्वकपमा मोरक्को अपराजित टिम मध्ये एक हो । बेल्जियम र क्रोएसिया जस्ता टिम रहेको समूहबाट विजेता बन्दै अघि बढेको मोरक्कोले अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई पराजित गरेको थियो ।

एटलस लायन्सको उपनामले चिनिने यो मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो भने समग्रमा चौथो अफ्रिकन टिम हो ।

क्वाटरफाइनल पुग्ने मध्ये फिफा वरीयतामा सबैभन्दा पछि रहेपनि जारी विश्वकपमा भने मोरक्को प्रदर्शन गज्जबको छ।

सन् १९८६ पछि पहिलो पटक विश्वकपको समूह चरण पार गरेको मोरक्कोले यस पटक इतिहासमै उच्च सफलता हात पारेको हो र अझै अगाडि बढ्ने लक्ष्यमा छ ।

क्रोएसियासँग गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको मोरक्कोले बेल्जियमलाई २-० ले हरायो भने क्यानडालाई २-१ ले पराजित गरेको थियो । जारी विश्वकपमा मोरक्कोले बेहोरेको एक मात्र गोल पनि आत्मघाती थियो ।

मोरक्कोले अन्तिम १६ मा मोरक्कोले पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ३-० ले स्तब्ध पारेको थियो । मोरक्कोले जारी विश्वकपमा जम्मा एक गोल मात्र बेहोरेको छ ।

पोर्चुगललाई पनि स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्ने लक्ष्यमा छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अहिलेसम्म विश्वकप जितेको छैन । तर पोर्चुगललाई पनि आउटसाइडर दाबेदारको रुपमा भने हेरिने गरेको छ ।

पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा सेमिफाइनल पुगेको पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । २०१० र २०१८ मा अन्तिम १६ बाटै आउट भएको पोर्चुगल २०१४ मा समूह चरणबाटै घर फर्किएको थियो ।

यस पटक २००६ को प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा पोर्चुगल छ । पोर्चुगल अहिलेसम्म दुई पटक विश्वकपको सेमिफाइनल पुगेको छ जसमा सन् १९६६ मा तेस्रो हुनु अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।

यस पटक पोर्चुगलको प्रदर्शनमा उतारचढाव देखिएको छ । समूह चरणको सुरुआती दुई खेल जितेर नकआउट चरणमा स्थान पक्का गरेको पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको थियो ।

घानालाई ३-२ र उरुग्वेलाई २-० ले पराजित गरेको पोर्चुगल दक्षिण कोरियासँग २-१ ले पराजित भएको थियो ।

तर अन्तिम १६ मा स्वीजरल्याण्डलाई ६-१ को फराकिलो अन्तरले हराउँदै पोर्चुगलले आफ्नो क्षमता देखाइसकेको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमै राखेपनि युवा फरवार्ड गोन्सालो रामोसले पहिलो रोजाइमा खेल्दै जारी विश्वकपकै पहिलो ह्याट्रिक गरे ।

१६ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको पोर्चुगलको भेट पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुगेको मोरक्कोसँग हुनेछ ।

इंग्ल्याण्ड भर्सेस फ्रान्स

जारी विश्वकपमा अपराजित चार टिममध्ये इंग्ल्याण्ड पनि एक हो । १९६६ मा एक पटक विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता फाइनलसम्म पनि पुग्न सकेको छैन ।

इंग्ल्याण्ड ५६ वर्षपछि विश्वकप उपाधि घर ल्याउने लक्ष्यसहित कतार पुगेको छ । तर चार वर्षअघि सेमिफाइनलमा पराजित भएको इंग्ल्याण्डले यस पटक साविक विजेता फ्रान्ससँग क्वाटरफाइनलमा भिड्नु पर्नेछ ।

अन्तिम १६ सम्म अपराजित इंग्ल्याण्डले त्यही लयलाई निरन्तरा दिँदै फ्रान्सलाई चुनौती दिने लक्ष्यमा छ ।

समूह चरणमा दुई जित र एक बराबरीको नतिजासहित इंग्ल्याण्ड समूह बी को विजेता बनेको थियो ।

पहिलो खेलमा इरानलाई ६-२ ले हराएको इंग्ल्याण्ड दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । तर तेस्रो खेलमा छिमेकी वेल्सलाई ३-० ले हराउँदै इंग्ल्याण्ड समूह विजेता बन्यो ।

अन्तिम १६ मा सेनेगललाई ३-० ले हराएर इंग्ल्याण्डले विपक्षीलाई सजग गराएको छ ।

ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्याण्डका लागि यस पटक मार्कुस रासफोर्ड र जुड बेलिङ्घमले उत्कृष्ट प्रदर्शान गरिरहेका छन् ।

साविक विजेता फ्रान्स कतार विश्वकपमा उपाधि दाबेदार मध्ये एक हो । १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा रहेको फ्रान्सलाई यस पटक चोटले पिरल्यो । चोटकै कारण विश्वकपअघि देखि विश्वकप सुरु हुँदासम्म फ्रान्सका ५ खेलाडीले विश्वकप गुमाए ।

तर अझै पनि फ्रान्सको अट्रयाक उत्कृष्ट छ । किलियन एमबाप्पे ५ गोल गर्दै सर्वाधिक गोल गर्नेमा अगाडि छन् । घाइते बाघको रुपमा कतार पुगेको फ्रान्स उपाधि रक्षाबाट तीन खेल टाढा छ । तर चुनौती पनि उत्तिकै छ । फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनलमा दुई पूर्व विजेताबीच हुन लागेको यो नै एक मात्र खेल हो । त्यसैले पनि यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

फ्रान्सले समूह डी मा सुरुवाती दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गर्दा अन्तिम खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा अष्ट्रेलियालाई ४-१ ले र दोस्रो खेलमा डेनमार्कलाई २-१ ले हराएको फ्रान्स तेस्रो खेलमा ट्युनिसियासँग १-० ले पराजित भएको थियो ।

अन्तिम १६ मा पोल्याण्डलाई ३-१ ले हराएर फ्रान्सले लयमा फर्केको संकेत गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४