Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व विजेताहरु इंग्ल्याण्ड र फ्रान्सको भेट विश्वकपको क्वाटरफाइनलमै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १९ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । सेनेगलमाथि प्रभावशाली ३-० को जितसँगै इंग्ल्याण्डले फिफा विश्वकपको क्वाटरफाइनलमा साविक विजेता फ्रान्ससँगको भेट निश्चित गरेको छ ।

दोहाले अल बायेट रंगशालामा इंग्लिस टिम सुरुवातमा लड्खडाएको थियो । गोलरक्षक जोर्डन पिकफोर्डले सेनेगलका बोउलाये डियाको प्रहारको सानदार बचाउ गरेका थिए । जसका कारण इंग्ल्याण्ड खेलमा पछि पर्नबाट जोगिएको थियो ।

इंग्लिस टिममा जुड बेलिंगघमको प्रदर्शन शानदार थियो । ३८औं मिनेटमा जोर्डन हेण्डरसनले गरेको पहिलो गोलमा उनैले शशक्त क्रस उपलब्ध गराएका थिए । पहिलो हाफ सकिनु केहि सेकेण्डअघि उनी र फिल फोडेनको सन्तुलनसँगै उपलब्ध बलमा कप्तान ह्यारी केनले गोल गरेका हुन् । केनको यो विश्वकपमा पहिलो गोल हो ।

यो गोल केनको इंग्ल्याण्डका लागि ५२औं गोल हो । उनी इंग्ल्याण्डका सर्वकालीन सर्वाधिक गोलकर्ता वायने रुनीको कीर्तिमानबाट १ गोलले पछि छन् । कतार विश्वकप केनका लागि नयाँ कीर्तिमान बनाउने उपयुक्त मन्च हुनसक्छ ।

फिल फोडेनले खेलमा दोस्रोपल्ट असिस्ट गर्दा ५७औं मिनेटमा इंग्ल्याण्डले अग्रता बढायो । यसपल्ट बुकायो साकाले सेनेगलका गोलरक्षक एडुवार्ड मेण्डीलाई छक्याउँदै गोल गरेका थिए ।

विश्वकपका दुई पूर्व विजेताहरुको भेट क्वाटरफाइनलमै हुन लागेको हो । इंग्ल्याण्डले सन् १९६६ यता विश्वकप उपाधि जित्न सकेको छैन । फ्रान्सले सन् १९९८ र चार वर्षअघि विश्वकप उपाधि जितेको थियो ।

आइतबार साँझ भएको खेलमा फ्रान्सले पोल्याण्डलाई ३-१ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । यी दुईले सेमिफाइनल प्रवेशका लागि आगामी शनिबार प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४