काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाजुराबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आइतबार विहान सकिएको मतगणनामा उनले ३१ हजार ७८६ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् । राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।
प्रदेश सभातर्फ क्षेत्र नं. १ (१) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र प्रदेश सभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । अब दोलखाको मात्रै मतपरिणाम आउन बाँकी छ ।