Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकपको समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका प्रशिक्षकले राजीनामा दिए


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १६ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पद छाडेका छन् । कतारमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएपछि मार्टिनेजले राजीनामा दिने घोषणा गरेका हुन् ।

समूह एफको अन्तिम खेलमा बिहीबार क्रोएसियासँग बराबरीमा रोकिएपछि विश्व वरीयताको दोस्रो नम्बरमा रहेको बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरिएको हो ।

बेल्जियम फुटबल संघले स्पेनका प्रशिक्षक मार्टिनजले राष्ट्रिय टिमको पद छाड्ने घोषणा गरेको पुष्टी गर्दै विश्वकपअघि नै यसबारे निर्णय भइसकेको समेत जनाएको छ । यस्तै मार्टिनेजले बीबीसीसँग बोल्दै यो मेरो अन्तिम खेल भएको र आफू भावुक भएको बताएका छन् ।

सन् २०१६ मा मुख्य प्रशिक्षकको जिम्मेवारी संहालेयता मार्टिनेजले बेल्जियमको स्वर्ण पुस्तालाई दुई युरोकप र दुईपल्ट विश्वकप खेलाए पनि खास उपलब्धी दिलाउन सकेनन् । तर, बेल्जियम लामो समय फिफा वरीयताको शीर्ष स्थानमा भने रहिरह्यो ।

जारी विश्वकपको समूह चरणबाट बाहिरिएपछि पद छाड्ने मार्टिनेज दोस्रो प्रशिक्षक हुन् । यसअघि मेक्सिकोका प्रशिक्षक जेरार्डो मार्टिनोले पनि मेक्सिकोको प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४