Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १४ २०७९
  • 2K
    SHARES

एजेन्सी । चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।

उहाँको ९६ वर्षको उमेरमा बुधबार निधन भएको हो । चिनियाँ संचार माध्यमका अनुसार जेमिन लामो समयदेखि विरामी हुनुहुन्थ्यो । उहाँ ल्युकेमिया रोगबाट पीडित हुनुहुन्थ्यो । जसका कारण उहाँका शरीरका धेरै अंगले काम गर्न छाडेका थिए । बिमारीकै कारण बुधबार उहाँको निधन भएको संचार माध्यमले जनाएका छन् । जेमिन सन् १९८९ को तियानमेन स्क्वायर आन्दोलनपछि चीनको नेतृत्वमा निर्वाचित हुनुभएको थियो । रिपोर्टका अनुसार सन् १९९३ मा सत्ता प्राप्त गरेपछि उहाँले झण्डै एक दशकसम्म चीनमाथि आफ्नो कब्जा जमाउनु भएको थियो । जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति हुनुहुन्थ्यो ।

जेमिनको मृत्यु यस्तो समयमा भएको छ, जब चीनका विभिन्न शहरहरूमा कोरोना प्रतिबन्धका कारण व्यापक विरोध भइरहेको छ। जेमिनले सन् १९९७ मा हङकङको शान्तिपूर्ण स्थानान्तरण र सन् २००१ मा विश्व व्यापार संगठनमा चीनको प्रवेशका लागि मेहनत गर्नुभएको थियो ।

उहाँलाई चीनमा मात्रै होईन विश्वभर सधैं मेहनती नेताको रूपमा हेरिएको थियो । जेमिनको नेतृत्वमा चीनको अर्थतन्त्र बलियो हुनुका साथै सधैं सत्तामा बसिरहन कम्युनिस्टहरूलाई सहज बनाउनु भएको श्रेय दिइने गरेको छ । बि.सं २०५३ सालमा जेमिनले नेपालको भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४