Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कंगना रनोट तमिल फिल्म ‘चन्द्रमुखी २’ मा अनुबन्धित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १४ २०७९
  • 2.8K
    SHARES

एजेन्सी । अभिनेत्री कंगना रनोट तमिल फिल्म ‘चन्द्रमुखी-२’ मा देखिने भएकी छिन् ।

जुन २००५ को क्लासिक हरर कमेडी ‘चन्द्रमुखी’ को सिक्वेल हो । आफू ‘चन्द्रमुखी-२’ का लागि फाइनल भएको जानकारी कंगनाले नै आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

यो फिल्मलाई पी वासुले निर्देशन गर्नेछन् । कंगनाको अपोजिटमा तमिल अभिनेता राघव लरेन्स देखिनेछन्, जो ‘कञ्चना १’, ‘कञ्चना २’ र ‘कञ्चना ३’ जस्ता हरर कमेडी फिल्मबाट परिचित छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार कंगनाले डिसेम्बरको पहिलो साताबाट फिल्मको सुटिङ सुरु गर्दैछिन् । उनले ‘इमर्जेन्सी’ फिल्मको कामबाट ब्रेक लिएर यो फिल्ममा काम सुरु गर्नेछिन् । जनवरीमा ‘इमर्जेन्सी’ को सुटिङ सकिएपछि कंगनाले ‘चन्द्रमुखी २’ को दोस्रो भागको छायांकन सुरु गर्नेछिन् ।

‘चन्द्रमुखी २’ लाई लाइका फिल्म्सले निर्माण गर्नेछ । कंगना यो फिल्मलाई लिएर निकै उत्साहित छिन् । फिल्मको बारेमा कुरा गर्दै कंगनाले लेखेकी छिन्, ‘म आफूलाई धेरै भाग्यशाली मान्छु कि अर्को तमिल फिल्ममा पी वासु जीसँग काम गर्ने मौका पाइरहेको छु ।’

कंगना चाँडै नै फिल्म ‘तेजस’मा देखिनेछिन् । यस बाहेक उनी ‘इमर्जेन्सी’ मा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन्, यो फिल्म उनी आफैंले निर्देशन गरिरहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४