Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनसरी-४ मा मतगणनालाई निरन्तरता दिने सहमति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १३ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनालाई निरन्तरता दिने सहमति भएको छ ।

यहाँ ३ दिनदेखि मतगणनाका क्रममा विवादपछि मतगणना स्थगित भएको थियाे । आज मंगलबार बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो । शंका लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि मतगणनालाई निरन्तरता दिने सहमति भएको हो ।

सुनसरी–४ मा नेपाली कांग्रेस उम्मेदवार तथा सञ्चारमन्त्री समेत रहनुभएका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा कडा भइरहेको छ । ६ सय ६ मत गडबड भएपछि कार्कीले पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनुभएको थियो ।

तर आयोगले भने पुनःमतगणना नगरी अहिलेसम्म गणना भएको बाहेक बाँकी मतगणना गर्न निर्देशन दिएकाे थियाे।सर्वदलीय बैठकमा सहमति भएसँगै मतगणना सुरू हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४