Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७८ वर्षीय अभिनेता ओ योङ–सुविरुद्ध यौन शोषणको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ११ २०७९
  • 2.1K
    SHARES

एजेन्सी । ७८ वर्षीय कोरियन अभिनेता ओ योङ–सु विरुद्ध यौन शोषणको आरोप लागेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, एक महिलाले ७८ वर्षीय सु विरुद्ध अनुपयुक्त रूपमा छोएको आरोप लगाएकी छिन्। ती महिलाले सन् २०१७ मा सुले आफूलाई अनुपयुक्त रूपमा छोएको बताइन् । तर, सुले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।

ती महिलाले सन् २०२१ को डिसेम्बर महिनामा सु विरुद्ध आरोप लगाएकी र मुद्दा दर्ता गराएकी थिइन् । तर, प्रमाणको अभावमा अप्रिल २०२२ मा मुद्दा खारेज गरियो। यति मात्र होइन, सुविरुद्ध कुनै किसिमको सजाय पनि दिइएको थिएन्।

तर, अहिले पीडितले आग्रह गरेपछि मुद्दा फेरि दर्ता गरिएको छ । अब यो मुद्दामा सु अभियुक्त हुन तर, अहिलेसम्म उनी पक्राउ परेका छैनन् । यसका लागि राखिएको सुनुवाईमा ७८ वर्षीय सुका वकिलले उनीमाथि लागेका सबै आरोप अस्वीकार गरेको समाचारमा उल्लेख गरिएको छ ।

सु दक्षिण कोरियाली उद्योगका लोकप्रिय अभिनेता र पहिलो प्रतिष्ठित अभिनेता हुन् । उनलाई ‘गोल्डेन ग्लोब’ अवार्डबाट पनि सम्मानित गरिएको छ । उनले नेटफ्लिक्सको लोकप्रिय सिरिज ‘स्क्विड गेम’ बाट विश्वभर पहिचान पाएका थिए । यस शृङ्खलामा देखा परेदेखि उनको लोकप्रियता धेरै बढेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४