काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका नेता ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
यहि मङ्सिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा नेकपा एमालेका नेता राजबहादुर कार्कीलाई पराजित गर्दै नेपाली कांग्रेसका नेता शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत पाए ।