काठमाडौं। मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानमा मतगणना जारी रहे पनि केही स्थानको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ । राजनीतिक र व्यक्तिगत रुपमासमेत चासोका रुपमा हेरिएको मेरङ-६ को गणना जारी छ ।
मोरङ जिल्लाको क्षेत्र नम्बर ६ को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिले सम्म अग्रता बढाउँदै लगेका छन् । यो क्षेत्रमा बिहीबार बिहानसम्ममा ४८ हजार ३ सय ४० मत गनिएको छ ।
जसमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता कोइरालाले १९ हजार ८७ मत पाएका छन् । उनको विपक्षी उम्मेदवार नेकपा एमालेका नेता लालबाबु पण्डितले १४ हजार १ सय ९७ मत पाएका छन् ।
प्रतिनिधिसभा सदस्यतर्फका दुबै उम्मेदवारबीच मतान्तर ४ हजार ८ सय ९० छ । अर्थात कोइराला पण्डितभन्दा ४८९० मतले अगाडी छन् । हाससम्म सुन्दरहरैंचा नगरपालिका– २, ३, ४, ५, ६, ७ ÷ बुढिगंगा गाउँपालिका सबै वडाको मत गणना सकिएको छ । आजबाट बजार क्षेत्रको गणना सुरुहुने निर्वाचन आयोगले जनाएको छ ।