Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तोसिमा कार्की,ललितपुर ३ बाट विजयी पम्फा भुसाल तेस्रो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ८ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् ।

नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।

यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

पेशाले शल्यचिकित्सक तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी छन् । ललितपुरकै नख्खुमा हुर्के–बढेकी उनी किष्ट मेडिकल कलेजको एमबीबीएस र काठमाडौं विश्वविद्यालयको एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) हुन् । उनीसँग नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्यको अनुभव पनि छ ।

सार्वजनिक जीवनमा उनी सत्याग्रही डा. गोविन्द केसीको प्रतिबद्ध समर्थक र सहयोगी पनि हुन् । केसीको चिकित्सा शिक्षा सुधार अभियानमा डा. कार्की सुरुबाटै सक्रिय थिइन् । त्यसक्रममा उनले कानुनी लडाईं समेत गरिन् । उनकै अगुवाइमा दायर मुद्दामा सर्वोच्च अदालतले चिकित्सा शिक्षा सुधारका विषयमा केही निर्देशनात्मक आदेश पनि दियो ।

मंसिरमा ४ हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार दिंदा उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापक थिइन् । पेशामा आफूले ‘गुड मेडिकल प्राक्टिस’को वकालत गरेको उनी बताउँछिन् ।

राष्ट्रिय जीवनको सबै क्षेत्रमा ‘गुड प्राक्टिस’ गर्ने नीति–निर्माणको लागि दबाव बढाउन प्रतिनिधिसभा सदस्य बन्न चाहेको उनको भनाइ छ ।

डा. कार्कीले उम्मेदवारी दिएको ललितपुर–३ मा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का नेता–कार्यकर्ताले उनलाई ‘भोट काट्न आएको’ भनेर टिप्पणी गरिरहेका छन् ।

उनी भने प्रतिस्पर्धीहरूको टीकाटिप्पणीलाई बेवास्ता गर्दै परीक्षित भइसकेका माओवादी केन्द्र, एमालेलगायत दल र तिनका नेताहरूलाई नभई नवयुवालाई जिताउन आग्रह गर्दै मत मागिरहेकी छन् ।

डा. कार्कीविरुद्ध निवेदन परेपछि निर्वाचन आयोगले निवेदकको मागबमोजिम उनको उम्मेदवारी खारेज गरिदिएको थियो । मेडिकल काउन्सिलको कार्यकारी सदस्यबाट राजिनामा नगरी निर्वाचनमा उम्मेदवारी दिएको आरोप उनलाई लगाइएको थियो ।

तर, मेडिकल काउन्सिलको कार्यकारी सदस्य लाभको पद नभएको, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको लाभको पदबाट राजिनामा गरिसकेको उनको भनाइ छ । काउन्सिलको सदस्य पद लाभको हो, होइन भनेर आफूले पहिल्यै निर्वाचन आयोगलाई सोधेको तर, जवाफ नपाएपछि उम्मेदवार बनेको डा. कार्कीको भनाइ छ ।

त्यसविरुद्ध सर्वोच्च अदालत गएर उनले आयोगको उक्त निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश त गराएकी छन् तर निर्वाचन आयोग त्यो आदेश विरुद्ध फेरि सर्वोच्च गएको छ । चुनाव प्रसारप्रसारमा जुटे पनि अदालतले अब दिने आदेशबाट उनको उम्मेदवारी कायम हुने वा नहुने निक्र्योल हुनेछ ।

अहिलेलाई भने डा. तोसिमा कार्कीको उपस्थितिले ललितपुर–३ को चुनावी माहोलमा सरगर्मी बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४