Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा राती ९:३० बजेपछि मतगणना सुरु हुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ५ २०७९
  • 3.3K
    SHARES

काठमाडौं । रामेछापमा मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आज सोमबार राति ९ः३० बजेबाट सुरु हुने भएको छ ।

सोमबार साँझ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले आज राति ९ः३० बजेबाट प्रदेश क को मतगणना सुरु गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला मालपोत कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाको लागि तार जाली सहितको छुट्टा छुट्टै स्थानमा मतगणना गर्ने र आवश्यकताका आधारमा मत गन्ने स्थल थप गर्ने निर्णय पनि गरेको छ ।

एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा रामेछापमा ८८ हजार ७५७ मत खसेको छ । जिल्लामा यो निर्वाचनमा एक लाख ८० हजार १०६ जना मतदाता रहेका थिए ।

जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ५ जना स्वतन्त्र सहित २२ जना उम्मेदवार रहेका छन् । प्रदेश १ मा ११ जना र ख मा १२ जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४